+
+

थप १३६ जनामा कोरोना संक्रमण, ४०१ पुग्‍यो संक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १९:०६

१ वैशाख,  काठमाडौं। पछिल्लो २४ घण्टामा  थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्‍ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना  र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संख्या ४०१ पुग्‍यो भने ३२ जना संस्थागत आइशोलेशनमा,  ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै कोरोनाबाट निको भएर ६८ जना घर फर्किएका छन् ।

संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले  कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?