+

कसैलाई किन उचाइदेखि डर लाग्छ ?

२०८० वैशाख  ८ गते १४:२३ २०८० वैशाख ८ गते १४:२३
कसैलाई किन उचाइदेखि डर लाग्छ ?

तपाईंलाई धेरै उचाइबाट तल हेर्दा डर लाग्छ ? लाग्छ भने यस्तो समस्या तपाईं जस्तै अरु धेरैले पनि भोगेका हुन सक्छन् । सामान्यतया धेरै उचाइबाट तल हेर्दा सबैलाई केही न केही डर लाग्छ । तर कतिपयमा भने यस्तो डरको मात्रा धेरै हुन्छ । जसकारण उनीहरुलाई उचाइमा जानै समस्या भइदिन्छ ।

उचाइबाट तल हेर्दा डराउने मात्र होइन, यसले विभिन्न मानसिक समस्या समेत ल्याउन सक्छ । चिकित्सकीय भाषामा एक्रोफोबिया भनिने यो समस्याले दिनचर्या नै प्रभावित बनाइरहेको हुन्छ । यस्तो मानसिक समस्याका विभिन्न कारण हुन सक्छन् ।

शारीरक लक्षण

उचाइमा पुग्दा खलखल पसिना आउने, छाती दुख्ने, रिंगटा लाग्ने, बान्ता आउने, मुटु जोडले ढुकढुक हुने, शरीर काम्ने जस्ता लक्षण देखिन्छन् । कसैकसैले उचाइमा जाँदा छाती दुख्ने, मुटु जोडले ढुकढुक हुने अनुभव गर्छन् । तर यो मुटुको समस्या भने होइन, यो फोबियाको एउटा शारीरिक लक्षण मात्र हो ।

मानसिक लक्षण

उच्च स्थान देख्नेबित्तिकै तनाव पैदा हुनु, त्यहाँ जान डराउनु, कतै उचाइमा फसेको भन्ने डर मनमा पलाउनु, भविष्यमा उचाइ सामना गर्नेबारे अत्यधिक चिन्ता हुनु मानसिक लक्षण हुन् । कुनै उचाइबाट तल हेर्दा वा विल्डिङको तल हेर्दा धेरै डर अनुभव हुनु पनि यसका लक्षण हुन् ।

एक्रोफोबिया कसलाई हुन सक्छ ?

एक्रोफोबिया कहिलेकाहीं उचाइसँग सम्बन्धित भयानक अनुभवको कारण पनि विकसित हुन्छ, जस्तै, उचाइबाट खस्नु । कसैलाई अग्लो ठाउँबाट खसेको देखेको व्यक्तिलाई यस्तो समस्या हुन्छ भने आफैं उचाइबाट तल खसेको व्यक्ति त झन् यसबाट डराउन सक्छ ।

एक्रोफोबिया वंशाणुगत कारण पनि हुने गर्छ । जस्तै, आमालाई एकदमै डर लाग्छ भने छोराछोरीमा पनि डराउने समस्या हुन सक्छ ।

उपचार

एक्रोफोबियाको समस्या भएको व्यक्तिको उपचार मुख्यतः मनोवैज्ञानिक थेरापीबाट नै गरिन्छ । साथै औषधि दिएर पनि यसको उपचार गरिन्छ ।

यसमध्ये एक विधि एक्सपोजर थेरापी हो । यसमा डरको परिस्थिति कल्पना गराएर वा सामना गराएर डर हटाउने प्रयास गरिन्छ ।

यस्तै निडर भएर उचाइको सामना गरेको, हिमाल आरोहण गरेको भिडियो देखाएर पनि डर हटाउने प्रयास गरिन्छ ।

अर्को विधि कग्निटिभ बिहेभिएरल थेरापी (सीबीटी) हो । यसमा मानिसको व्यवहारको अध्ययन गरिन्छ । उसले के सोच्छ, कस्तो व्यवहार गर्छ ? त्यो अवलोकन गरेर आवश्यक परामर्श दिइन्छ । साथै जुन कुराबाट डराउँछ सोही काम गराएर पुरस्कृत गर्ने गरिन्छ । यस्तो प्रोत्साहन व्यक्तिमा डर हटाउन मद्दत पुग्छ ।

रोकथाम

एक्रोफोबिया हुन नदिन सबैभन्दा पहिले मनमा चिन्ता कम गर्ने, मनोबल बढ्ने खालका भिडियो हेर्ने, त्यस्तै कुरा पढ्ने, तनावमुक्त रहने गर्नुपर्छ ।

जस्तै, कुनै अग्लो भवन चढ्दै गर्दा डर लागेमा एकछिन बस्ने र लामो सास लिने, त्यसपछि डर हटाउन रमाइला दृश्य वा रमाइला पलहरु सम्झिंदै चढ्नुपर्छ ।

(मनोविद् पनेरुसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

उचाइ गृष्मा पनेरु मानसिक स्वास्थ्य
लेखक
गृष्मा पनेरु, मनोविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?