+
+

चितवनमा गाडीको ठक्करबाट शिक्षकको मृत्यु

रासस रासस
२०८० वैशाख ८ गते १५:४६

८ वैशाख, चितवन। स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पौडेलको मृत्यु भएको हो ।

ठक्करबाट घाइते पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ९:३५ बजे मृत्यु भएको उनले जानकारी दिए।

ठक्कर दिने मिक्सर र चालक प्रहरीको नियन्त्रणमा छन् । मृतक पौडेल नेपाल शिक्षक सङ्घ चितवनका पूर्वअध्यक्ष थिए । सरदपुर माध्यमिक विद्यालयको पूर्वप्राध्यानाध्यापक एवं हाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्दै आएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?