+
+

रत्नेचौर सेवा समाजद्वारा मुटुरोग र ब्लड क्यान्सरका बिरामीलाई आर्थिक सहयोग प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते २०:५३

काठमाडौं । सामाजिक संस्था रत्नेचौर सेवा समाज काठमाडौंले दुई बिपन्नलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । अध्यक्ष पदमबहादुर महतसहितको पदाधिकारी टोलीले अस्पतालमा पुगेर बिरामीलाई सहयोग दिएका हुन् ।

बेनी नगरपालिका-१ रत्नेचौरस्थित पञ्चासे मुरीका ६० वर्षिय अम्मरबहादुर सार्कीले काठमाडौंको शहीद गंगालाल हृदयरोग केन्द्रमा मुटुको उपचार गराइरहेका छन् । केही सातादेखि उनी अस्पतालमै उपचाररत छन् ।

रत्नेचौर अर्जमका १३ वर्षिय बालक सुजन थापा मगर पनि ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका छन् । यी दुबैजनालाई अस्पतालमै पुगेर अध्यक्ष महतसहितका कार्यसमिति टोलीले पाँच पाँच हजार रुपैयाँ प्रदान गरेको हो ।

अध्यक्ष महतले यी दुबै बिरामीको परिवारको आर्थिक स्थिती निकै कमजोर रहेकाले सहयोग प्रदान गर्न इच्छुकलाई आग्रह गरेका छन् । विदेशमा रहेका रत्नेचौरबासीलाई पनि सघाउन उनले आग्रह गरे । नयाँ कार्यसमिति निर्वाचित भएपछि रत्नेचौर सेवा समाजले पहिलोपटक सहयोगी हात प्रदान गरेको हो । बेनी नगरपालिका–१ रत्नेचौर घर भई काठमाडौंमा बसोबास गर्दै आएका गाउँबासीको सक्रियतामा समाज गठन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?