+

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी कुवेत

२०८० वैशाख  १४ गते १७:०५ २०८० वैशाख १४ गते १७:०५
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी कुवेत

१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।

हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार हुने छ । नेपाल आजै भएको खेलमा कतारलाई हराउँदै समूह एको विजेता बनेको थियो ।

अर्को सेमिफाइनलमा यूएई र ओमानले शनिबार नै खेल्ने छन् । कुवेतले हङकङलाई हराएपछि यूएई समूह बीको विजेता बनेको हो ।

प्रतियोगितामा राम्रो सुरुवात गरेको हङकङ भने अन्तिम खेलमा हारपछि समूह चरणबाटै बाहिरिएको छ ।

फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

एसीसी प्रिमियर कप नेपाल भर्सेत कुवेत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय