+
+

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा इन्द्रजित राई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते ९:५७

१९ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् ।

उनलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए । राई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन् ।

सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै यो गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । त्यो गिरोहलाई तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईले आर्थिक लाभ लिएर सहयोग गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

गिरोहमा संलग्न भएको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परिसकेका छन् । पक्राउ परेकामध्ये दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनको निजी सचिवालयमा काम गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?