+
+

नक्कली नोटबाट सामान किनेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १५:००

२२ वैशाख, काठमाडौं ।  प्रहरीले नक्कली नोटहरुबाट सामान किनबेच गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोटको भूर गाविस घर भई हाल टोखा नगरपालका-७ बस्‍ने ३१ वर्षीय सम्झना गहतराज र बाँकेको नेपालगञ्‍ज घर भई हाल काठमाडौंको बागबजारस्थित युनिक होटलमा कोठा लिई बस्‍ने ३२ वर्षीय सादाहय  हलुवाइ रहेका छन् ।

प्रहरी वृत्त बौद्धबाट सादा पोशाकमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

सम्झना गहतराजले गोकर्णेश्वर न.पा. ६ नँया बस्तीमा किराना पसलमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट फेला पारी सोधपुछका क्रममा उनीसहित हलुवा पनि समातिएका हुन्।

प्रहरीले उनीहरुको साथबाट तयारी अवस्थामा रहेको १ हजार दरका नक्कली नोट ४९ वटा,  प्रिन्ट गरेर काट्न बाँकी एक हजारको १२६ वटा, तयारी ५ सयको नोट २ वटा, प्रिन्ट गरेको काट्न ५ सयको नोट ६० वटालगायतका सामानहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहमाथि मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?