+
+

विराटनगरमा एनसेलले १३ जेठमा कन्सर्ट आयोजना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १३:०६

काठमाडौ‌ं । एनसेल आजियाटा लिमिटेडले विराटनगरमा १३ जेठमा कन्सर्ट आयोजना गर्ने भएको छ । हाटखोला मैदानमा १३ जेठमा आयोजना हुने कार्यक्रम दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ ।

कन्सर्टमा चर्चित गायक गायिकाहरु दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारी लगायतले आ-आफ्नो विषेश प्रस्तुतिहरु दिने कार्यक्रम रहेको एनसेलले जनाएको छ ।

सांगीतिक कार्यक्रम मार्फत विदेशमा रहेका नेपालीहरुको परिवार, आफन्तजन तथा साथीभाइसँग खुसी साटासाट गर्ने उदेश्यका साथ सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको एनसेलले जनाएको छ ।

कन्सर्टमा सहभागी हुन दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी निःशुल्क टिकट प्राप्त गर्न सक्नेछन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङ्का साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ । यसैगरी कम्पनीले विदेशका रहेका आफ्ना परिवारसँग सुलभदरमा सम्पर्कमा रहीरहन विभिन्न भ्वाइस प्याकहरु पनि उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?