२८ वैशाख, विराटनगर। कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावली निर्माणको तयारी तीव्र बनाएको छ।
प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली निर्माणको तयारी तीव्र बनाएको हो।
नियमावली जारी नहुदाँ ऐन कार्यान्वयनमा बाधा परेको र संघीय वन, नियमावलीमा अस्पष्ट भएपनि प्रदेशमा बन्ने नियमावलीमा सबै विषय समावेश गर्नका लागि छलफल तिव्र बनाइएको मन्त्री जीवन आचार्यले बताए ।
जिल्ला स्तरमा ऐन कार्यान्वयमा भएका विविध समस्या आएको बताउँदै उनले ऐन कार्यान्यनका लागि नियमावली निर्माणमा ढलाई गर्न नहुने बताए ।
आफ्नो कार्यकालमा ऐन, नियमावली, निर्देशिका लगायतका नितिगत तहबाट हुने काममा आफू पहलकदमी गर्ने बताए । संघीय ऐन नियममा भएका अस्पष्टतालाई संशोधन गर्नका लागि प्रदेश सरकारबाट गर्नुपर्ने पहल पनि गर्ने बताए ।
वैज्ञानिक वन कार्यविधि खारेजी पछिको समस्या, नदिजन्य पदार्थको व्यवस्थापन, ढलापडा काठ दाउरा व्यवस्थापन तथा पुराना घरको काठ स्थानान्तरण लगायत सबै विषयलाई समेटेर नियमावलीलाई अन्तिम रुप दिइने उनले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4