+
+

चुरे क्षेत्रका खानी उत्खनन गर्नुपर्छ भन्ने रिपोर्ट सार्वजनिक गरौं : अध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १८:४०

२९ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिर्पोट बाहिर ल्याउन माग गरेका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा उद्योग वाणिज्य महासंघको तर्फबाट आगामी बजेटमा सुझाव दिने क्रममा अध्यक्ष ढकालले रिपोर्टमा चुरे क्षेत्र उत्खनन गरी वार्षिक ५ खर्बको निर्यात गर्न सकिने उल्लेख भएको भन्दै उक्त रिपोर्ट तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले चुरे क्षेत्रबाट बगेर गएको गिट्टी बालुवालाई व्यवस्थापन गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने सुझाव समेत दिए । उनले नेपालमा रहेका सामाजिक सुरक्षा कोष,नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको कम्तीमा २० प्रतिशत उत्पादन र सेवा मूलक क्षेत्रमा लगाउन सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले कोषहरुमा जम्मा भएको अर्बाैं रुपैयाँमा बैंकहरुले कति ब्याज दिन्छन् भनेर खोजेर बसेको अवस्था रहेको भन्दै कोषमा जम्मा भएको २० प्रतिशत रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न माग गरे । विदेशी अनुदान पनि निजी क्षेत्रमार्फत ल्याउने व्यवस्था गर्नुपर्ने उनको माग थियो। उनले कृषि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि खेतदेखि खाडीसम्म पुर्‍याउने नीति बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?