+
+

अनामनगरको कराते भवनमा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित  नेपाल कवनमुकान कराते डो केन्द्रीय कार्यालय रहेको भवनमा डोजर चलाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १७:५८

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित  नेपाल कवनमुकान कराते डो केन्द्रीय कार्यालय रहेको भवनमा डोजर चलाएको छ ।

महानगरकै मातहतमा रहेको उक्त भवन महानगरपालिकाको निर्णय अनुसार नै डोजर लगाएर भत्काउने काम भएको महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए । भवन साँघुरो र व्यवहारिक नभएका कारण भत्काइएको उनले बताए ।

‘महानगरकै निर्णय अनुसार भवन भत्काइएको हो । अब नयाँ बनाउने कि के गर्ने भन्ने विषयमा महानगरले नै निर्णय गर्ला’ लामिछानेले भने ।

तस्वीर/भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?