+
+

ला लिगा त जित्यो बार्साले, तर अब के ?

बीबीसीबाट बीबीसीबाट
२०८० जेठ १ गते २०:१३

१ जेठ, काठमाडौं । बार्सिलोनाले आइतबारराति घरेलु प्रतिद्वन्द्वी स्पान्योलमाथि ४–२ को जित निकाल्दै २०१९ पछि पहिलो पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । ला लिगाको उपाधि उचाल्दै गर्दा टिममा भने धेरै प्रश्न र अनिश्चितताको लाइन छ ।

बार्साले उपाधि जितेको खुसी मनाउँदै गर्दा प्रशिक्षक जाभी र अध्यक्ष जोन लार्पोटाको अनुहारमा भने धेरै दुविधा देखिन्छ । ला लिगा जितको खुसी मनाउँदै गर्दा अब के गर्ने त ? यो प्रश्न बार्साको टिमलाई तेर्सिएको छ ।

अर्को रक्षात्मक परिवर्तन

बार्साले यो उपाधि जित्नुमा सबैभन्दा महत्वपूर्ण भूमिका डिफेन्स लाइनको रह्यो । बार्साले सबैभन्दा धेरै ११ खेल १–० को नतिजामा जितेको छ । जम्मा १३ गोल गरेको भरमा ११ खेल जितेको बार्सिलोनाले एक सिजनमा ला लिगामा १८ गोलमात्रै खाएको छ ।

यो प्रकारको उत्कृष्ट डिफेन्स लाइनमा फेरि एक पटक परिवर्तन गरियो । प्रभावशाली युवा खेलाडी एलेक्स बाल्डेले जोर्डी अल्बालाई बायातर्फ प्रतिस्थापन गरे । समर विन्डोमा अनुबन्ध गरिएका राइट ब्याक जुल्स कुन्डेले पनि आफूलाई प्रमाणित गरे । अर्को नयाँ आगमन एन्ड्रियास क्रिस्टेन्सेनले पनि बार्सामा राम्रो प्रदर्शनका साथ आनन्द लिइरहेका थिए । उनले गोलकिपर मार्क अन्द्रेलाई गोलरक्षामा निकै सहयोग गरे ।

तर कुन्डे अनुबन्धको समयमा सेन्ट्रल डिफेन्सका लागि अनुबन्ध भएका थिए । उनीले उरुग्वेयन पावरहाउस रोनाल्ड अरुजोको स्थानमा हुनु पर्ने सहमति गरेका थिए ।

वास्तवमा कुन्डेले राइट ब्याक निकै राम्रोसँग सम्हालिरहेका छन् । किनभने त्यो स्थानका लागि प्रतिस्थापनका लागि टिममा कम खेलाडी छन् । पछिल्लो गर्मीमा गरिएको सबैभन्दा गलत अनुबन्धता भनेर चाही हेक्टर बेलेरिनको अनुबन्धता रह्यो जसका कारण उनलाई जनवरीमा नै टिममा राखिएन ।

त्यसैले पनि राइक ब्याकमा २०१६ मा जसरी डानी अल्वेसले टिम छोड्दा क्लबमा राइट ब्याकको लागि एकपटम त्यस्तै समस्या भएको थियो । त्यसपश्चात टिममा जिरोना स्टारलेट अरनौमार्टिनेज एकदम मजाले जोडिएका थिए । तर अब फेरि यसरी हेर्दा सेट भइसकेको डिफेन्स लाइन पुन तोड्ने त ?

यसको लागि बार्सालाई पैसाको वर्षा गर्नुपर्छ, जुन उनीहरुसँग अहिलेको अवस्थामा छैन ।

मिडफिल्डको शैली परिभाषित गर्नु पर्ने ?

क्लबका कप्तान सर्जियो बुस्केट्सले यो सिजनपछि क्लब छाड्ने घोषणा गरेका छन् । उनले क्लब छाडेपछि पनि केही युरोको बचत भने बार्साको खातामा हुनेछ ।

जाभीको पहिलो रोजाइका रुपमा रहेका उनलाई अब कसले र कसरी प्रतिस्थापन गर्ने त ? उनी जाभीको लागि मात्रै होइन हालसम्म खेलेका हरेक टिमको प्रशिक्षकको पहिलो रोजाइका खेलाडी हुन् ।

म्यानचेस्टर सिटीको अनुबन्ध बाहिर रहेका खेलाडी इल्के गुन्डोगनले यो समरको ट्रान्सफरमा बार्सिलोनामा अनुबन्ध हुने चर्चा छ । उनको आगमन पश्चात क्लबमा रहेका फ्रेन्क डी जोङ, पेड्री र जाभी र त्यसमा अन्य विकल्प हुनेछन्, सर्जी रोबर्टो र फ्रेन्क केसी मिडफिल्डका लागि अतिरिक्त विकल्प रहनेछन् ।

तर सबैभन्दा ठूलो प्रश्न हुनेछ, को भन्दा पनि कसरी ? बार्साको पारम्परागत मिडफिल्ड प्रावधान, कडा पोजिसनल खेलमा आधारित, आधुनिक फुटबलको अधिक माग भइरहेको बेला त्यो स्थितिमा उनी त्यो स्थानमा खाली देखिन्छन् । यहाँसम्मकी पासिङ प्युरिस्टमा जाभीले यो सिजनमा चार मिडफिल्डरलाई एउटा बक्स आकारमा राखेर यो सिजन पिचमा आफ्नो पकड र विश्वास दुवै मजबुत बनाएका थिए ।

क्लबको धेरै खेलमा आक्रमणकारी नीति अवलम्बन भएको पाइएन । धेरै जसो खेल उनीहरुले १–० मा जितेका थिए । जाभीका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ यहि शैलीको डिफेन्स लाइन कायम राख्नु, जसमा उनीहरुको यो जित आधारित छ । बुस्केट्सले टिम छोड्नु भनेको टिमको दृष्टिकोणले एक महत्वपूर्ण परिवर्तनको उत्प्रेरक पनि हुन सक्छ ।

मेस्सीको आगमन, अन्य सबै बाहिर ?

पेरिस सेन्ट जर्मनमा आबद्ध रहेका बार्सिलोनाका पूर्व स्टार मेस्सीलाई पुन टिममा ल्याउनु पर्छ या ल्याउनु हुँदैन ? यो प्रश्न समरमा हुने ट्रान्सफरका लागि निर्धारित छ ।

दुई वर्षअघि उनले क्लब छोडेको तरिका सबैको नजरबाट असन्तोषजनक थियो । त्यसैले पनि के अब क्लबको हालसम्मकै महान खेलाडीको विशेष स्वागत होला त टिममा ?

के उनको लागि फुटबलको वास्तविक घर भनेर चिनिएको क्लबमा आएर उनले आफ्नो फुटबल करिअरको अन्त्य गर्ने अनुमति दिनुपर्छ ?

यो निकै सहज सुनिन्छ तर यस्तो भने पक्कै छैन । सबैभन्दा पहिला खेलको दृष्टिकोणले हेर्ने हो भने ३६ वर्षीय मेस्सीले जाभीको उच्च गतिको दबाववाला खेलमा त्यो स्थान परिपूर्ति गर्न सक्छन् ? यो मुद्दा अहिले बढ्दो छ । उनले अहिले हेर्दा अर्को एउटा दिग्गजको लाइनमा छन्, तर यहि महिना रोर्बट लोवोन्डोस्कीलाई ‘स्लो’ भएको चिन्ताजनक संकेत देखाएका थिए ।

आर्थिक पाटोबाट हेर्ने हो भने यो पाटो अझै मुस्किल छ । यसरी हेर्ने हो भने ला लिगाको कडा आर्थिक फेयर प्लेको नियमलाई पूरा गर्ने हो भने बार्सालाई खेलाडी बेच्नुपर्ने जरुरत हुन्छ । मेस्सीले आफ्नो अनुबन्ध रकम घटाएको खण्डमा पनि उनले क्लबमा सबैभन्दा बढी कमाइ गर्ने खेलाडीको अपेक्षा त राख्नेछन् ।

यसको लागि आर्थिकभार बेहोर्न तीन खेलाडीलाई विशेष रुपमा बेच्नुपर्ने हुन्छ । फेरान टोरेस जसले २०२२ मा म्यानचेस्टर सिटीबाट आएर एउटा खेलमा मात्रै उत्कृष्ट प्रदर्शन गरेका छन् । अंसु फातीले चोटपछि फर्किएपछि छायामा परेको महसुस गरिरहेका छन् ।

अर्को भनेको रफिन्हा हुन् । रफिन्हाले केबल एक नियमित सुरुवातमा खेलेका छन् भने ओस्मान डेम्बलेलाई पनि बेच्न पर्ने हुन सक्छ, जो पछिल्ले समय जाभीको दाया विन्गरको लागि पहिलो रोजाइ हुन्, जो घाइते भएका छन् ।
बार्साले मेस्सीलाई भित्र्याउने हो भने यी मध्ये दुईदेखि तीन खेलाडीलाई बेच्नुपर्ने हुन्छ ।

पर्दा पछाडि ठूलो अनिश्चितता

बार्साका लागि पछिल्लो दुई सिजन खरिद बिक्रीको हिसाब किताब राखिरहेका फुटबल निर्देशक मातेउ अलेमानीको राजीनामाले सबैलाई अनिश्चिततामा पारेको छ ।

अत्याधिक महंगा मानिने अलेमानी मेसीलाई क्लबमा फर्काउने विषयमा अध्यक्ष लापोर्टासँग फरक मत राख्छन् त्यसैले पनि उनले क्लबको जिम्मेवारी छोडेको अनुमान छ । बार्सा छाडेका उनले इंग्लिस क्बल एस्टन भिल्लामा बार्साकै जिम्मेवारी सम्हाने तयारी गरेका छन् ।

हालसम्मका लागि समर विन्डोमा के हुन्छ कसैलाई थाहा छैन । कसले डिल तोड्ला हालसम्म कुनै अनुमान छैन, सबैभन्दा राम्रोसँग क्लबमा जोडिएका पूर्वस्टार खेलाडी डेकोले जुनको अन्त्यमा अलेमानीको स्थान लिने अनुमान छ ।

समस्या अझै थप्न बार्सा अझै अग्रसर देखिन्छ । पुनर्निर्माणका लागि क्याम्प नोउ एक वर्षका लागि बन्द गरिनेछ । बार्साको होम गेम अब एक वर्षका लागि सिटीको ओलम्पिक स्टेडियममा खेलाइनेछ । समरमा बेयोन्स र ह्यारीले यसमा एक कन्सर्ट आयोजना गरी कार्यक्रमको उद्घाटन गर्नेछन् ।

यो स्टेडियम सिटीको एक उचाइ भएको ठाउँमा अवस्थित छ । जसले गर्दा क्लबका विपक्षीका लागि गाह्रो स्टेडियम भने हुने छैन ।

बार्साको अनेक अनिश्चिततामध्ये ला लिगा च्याम्पियन्सको लागि अस्थायी स्टेडियम पनि एक अनिश्चितता हो । तर ला लिगाको जित अझै पनि बार्साले उत्सवको रुपमा केहीदिन मनाइरहने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?