+
+

बास्केटबलको क्लब च्याम्पियनसिप हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते ६:३६

५ जेठ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा बास्केटबलको क्लब च्याम्पियनसिप हुने भएको छ ।

नेपालले आगामी असारमा क्लब च्याम्पियन गर्ने तयारी गरेको नेबाका कार्यवाहक अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए ।

‘आगामी असार दोस्रो सातादेखि क्लब च्याम्पियनसिप गर्ने तयारी गरिरहेका छौँ । त्यसका लागि विभिन्न कामहरु भइरहेको छ,’ गुरुङले भने । यस पटक पुरुषको क्लब च्याम्पियनसिप हुने उनले जानकारी दिए ।

च्याम्पियनसिपमा ८ क्लबले राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्, जहाँ कूल २८ खेल हुने संघले जनाएको छ । ‘हामीले क्बलहरुलाई इन्भाइटेसन पठाइसकेका छौँ । त्यसमा प्राविधिक समितिले ८ वटा टिम छान्नेछन्,’ उनले भने ।

नेपाल बास्केटबल संघ पुरुषको फ्रेन्चाइज लिग आयोजना गर्ने घोषणा २०७८ पुषमै भएको थियो । तर आर्थिक कारणले संघले उक्त लिग आयोजजा गर्न सकेन । संघका अध्यक्ष गुरुङले फ्रेन्चाइज लिग गर्ने योजना कायमै रहेको तर अहिले क्लब च्याम्पियनसिप गर्न लागेको बताए ।

‘फ्रेन्चाइज लिग आयोजना गर्न केही कठिनाइ भयो । त्यसैले त्यसका लागि अझ राम्रो तयारी गरेर लिग गर्ने योजनामा छौँ । यस पटक त्यसकै तयारीस्वरुप क्लब च्याम्पियन गर्न लागेका हौँ,’ गुरुङले भने ।

संघले २०७८ वैशाखमा संघका पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको स्मृतिमा महिला र पुरुष दुवैको राष्ट्रिय स्तरको खुला बास्केटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसपछि राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?