+
+

रेबिका गुरुङ भन्छिन्- फिल्म क्षेत्रमा मेरो स्वभावअनुसारको वातावरण पाइनँ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १३:१६

काठमाडौं । ‘मारुनी’ डेब्यु अभिनेत्री रेबिका गुरुङ सार्वजनिक जीवनबाट पछिल्लो समय ओझेलमा थिइन् । यतिसम्मकी सामाजिक सञ्जालमा समेत उनी सक्रिय छैनन् । तर आगामी फिल्म ‘गोर्खा वारियर्स’को प्रेसमिटमा मंगलबार उनी विश्वज्योति हलमा मिडियासामु प्रस्तुत भइन् र आफ्नो फिल्म करिअरबारे केही कुरा बोलिन् ।

आगामी फिल्महरु गोर्खा वारियर्स र काँडेतारमा शीर्ष भूमिका निर्वाह गरेकी रेबिकाले ‘मारुनी’बाट चर्चा पनि बटुलिन् । तर त्यसपछि उनी फिल्म र मिडियाबाट टाढिइन् । उनले यसरी टाढिनु पछाडिको कारणबारे केही कुरा बताएकी छन्, जुन सुन्दा लाग्छ उनी फिल्म इन्डष्ट्रीमा ‘कम्फर्टेबल’ महसुस गरिरहेकी छैनन् ।

आइन्दा राम्रा र चित्त बुझ्ने फिल्म मात्र गर्ने बताउँदै रेबिकाले अनलाइनखबरसँग भनिन्, ‘मेरो स्वभावजस्तो छ, फिल्म क्षेत्रको वातावरण उल्टो पाएँ । यसकारण जथाभावी फिल्म गर्ने भन्दा पनि राम्रो लाग्ने र चित्त बुझ्ने प्रोजेक्ट मात्र गर्ने योजनामा छु ।’ उनले फिल्मबाट टाढिने सोच नरहेको तर फिल्मलाई लिएर चुजी हुने योजनामा रहेको बताइन् ।

‘म जस्तो छु, त्यस्तै टिम र फिल्मसँग काम गर्ने सोच हो । बरु अध्ययनमा फोकस हुन्छु,’ पछिल्लो समय मनोविज्ञानमा स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेकी रेविकाले भनिन्, ‘अहिलेलाई काँडेतार र गोर्खा वारियर्सकै पब्लिसिटीमा व्यस्त हुनेछु ।’ उनले अध्ययन र कामलाई सँगै अघि बढाउने योजना तयार पारेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?