+
+

बागमती, विष्णुमती लगायत नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाइने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:३४
फाइल तस्वीर

१५ जेठ, काठमाडौं । सरकारले बागमती एवम् विष्णुमती सहितका नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर स्थानीय तहको सहकार्यमा बस्ती हटाउने घोषणा गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन संघीय सरकारले असहयोग गरेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ । महानगरका मेयर बालेन्द्र शाह(बालेन)ले सुकुम्बासी बस्ती हटाउन सहयोग नगरेको भन्दै फोहोर नउठाउनेदेखि, प्रधानमन्त्रीले बोलाएको बैठकमा नजानेसम्म गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?