+
+

एकदिने सरसफाइका लागि महानगरले बाँड्यो ३२ लाख रूपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १५:५०
मेयर बालेन साह/फाइल तस्वीर

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १३ जेठमा सरसफाइ कार्यक्रम सञ्चालन गर्‍यो । जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष पुरा भएको दिन पारेर महानगरले सरसफाइ कार्यक्रम सञ्चालन गरेको जनाएको छ । सरसफाइ कार्यक्रम सञ्चालन गर्नका लागि महानगरले प्रत्येक वडालाई एक/एक लाख रुपैयाँ बाँड्ने निर्णय गरेको थियो । सोही बजेट मार्फत सरसफाइ कार्यक्रम सञ्चालन गरिएको महानगरको भनाइ छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले ९ जेठमा सबै वडासचिवहरुलाई पत्र लेख्दै १३ जेठमा सरसफाइ कार्यक्रम सञ्चालन गर्न एक/एक लाख रुपैयाँका दरले ३२ लाख रूपैयाँ विनियोजन भएको सूचना पठाएका थिए । उक्त रकमबाट सिठी नखः का लागि चाहिने सामग्रीहरु पनि किन्न सक्ने अख्तियारी सूचनामा उल्लेख थियो ।

महानगरका अनुसार शहरका विभिन्न सार्वजनिक ठाउँमा गरिएका विशेष सरसफाइबाट ६८ गाडी फोहोर संकलन गरिएको थियो । महानगरले ३१ गाडी र निजी क्षेत्रले ३६ गाडी फोहोर संकलन गरेर करिब ११८ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

‘जनप्रतिनिधिले पद बहाली गरेको १ वर्ष पूरा भएको अवसरमा सबै वडामा एकै पटक सरसफाइ गरिएको हो । सफाइका लागि ब्रुमर, जेटसहितका उपकरण परिचालन गरिएको थियो, खर्च यसमै हुन्छ भनेर रकम विनियोजन गरिएको हो’ महानगरले भनेका छ । फ्रुटी, मास्क, पञ्जा जस्ता कुराहरुमा खर्च भएको महानगरका वडाध्यक्षहरु बताउँछन् ।

जनप्रतिनिधिहरुले स्वंयसेवकको रुपमा सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्नेमा ३२ लाख खर्चिनुलाई महानगरका स्थानीयले यसलाई फजुल खर्च भन्दै महानगरको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?