+
+

अर्थ मन्त्रालयले पूँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १३:०१

२१ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले नै प्राकृतिक व्यक्तिले तिर्ने ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुने बताएपछि सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार सेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्न चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफलका लागि मन्त्रालय गएका थिए । छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली सहितको उपस्थिति रहेको थियो । छलफलमा प्राकृतिक व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको हो ।

आर्थिक विधेयक २०८० मा आएको ३ वर्षको आय विवरण दाखिला गरी कर तिर्दा ५० प्रतिशत छुट र त्यसअगाडिको सबै छुट हुने व्यवस्था कार्यान्वयन नगर्ने सहमति भएर मन्त्रालयको राजस्व महाशाखाले सूचना प्रकशित गरेको छ ।

सहमतिपछि कारोबार सुरु भएको बजारमा बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । यो समाचार तयार गर्दै गर्दा १२ बजर ५९ मिनेटसम्म नेप्से ३४.४१ अंकले वृद्धि हुँदा १९००.७६ अंकमा छ ।

१५ जेठमा आर्थिक विधेयक आएपछि १६ जेठमा ५३ अंक र १७ जेठमा करिब ३९ अंकको गिरावट भएको नेप्से १८ जेठमा भने १६.५५ अंकको वृद्धि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?