+
+

दाङमा दुई बालिकामाथि बलात्कार प्रयास, ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते २०:४२

२३ जेठ दाङ । दाङमा दुई बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेका छ ।

राप्ती गाउँपालिका- ३ मसुरीयाका १४ र १२ बर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जना बालकसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ का १६ वर्षका किशोर, १८ वर्षका दिलसान अहमद, वडा नं. ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–११ का २० वर्षीय जाबेद भन्ने जाविद अलि नाउ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमका अनुसार १४ जेठमा दुई बालिका गढवा गाउँपालिका–६ बुद्धचोकस्थित आफन्तको घरमा गएका थिए । सो क्रममा पक्राउ परेका आरोपीहरुले बालिकालाई मोटरसाइकलमा राखेर लमही–५ स्थित रातो डाँडा स्थित एउटा घरमा लगेर सामुहिक बलात्कारको प्रयार गरेका प्रहरीको भनाइ छ ।

पीडित पक्षले घटनाबारे जेठ १८ गते जाहेरी दिएपछि प्रहरीले आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत दाङबाट अनुमति पनि लिइसकेको डीएसपी गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?