+

पायल्स, फिसर र फिस्टुला रोग लाग्नुमा खानपानको भूमिका कति ?

२०८० जेठ  २४ गते १३:२९ २०८० जेठ २४ गते १३:२९
Shares
पायल्स, फिसर र फिस्टुला रोग लाग्नुमा खानपानको भूमिका कति ?

मलद्वारमा समस्या आउनुमा पेटको भूमिका मुख्य हुन्छ र पेटमा समस्या आउनु खानपानसँग जोडिन्छ । अस्वस्थ र असन्तुलित खानपानले मलद्वारसम्बन्धी रोग निम्त्याउन सक्छ ।

माछा, मासु, अण्डा, तारेको, भुटेका, मसालेदार खाना, मैदाको परिकार, अदुवा, मरिज, खुर्सानी, मसालेदार, रक्सी, चुरोट, अम्बा, अनार, आँपजस्ता खानेकुरा शरीरले सजिलै पचाउन सक्दैन । त्यसैगरी चिया, कफी, कोल्ड ड्रिंक, पाउडरजन्य खानेकुराले पनि गर्मी गराई कब्जियत बढाउँछ ।

तारेका, भुटेका, पटकपटक तताइएका, पिरो खाना, चटपटे, पानीपुरी, तितौरा, प्याकेटबन्द तथा बोतलका खानेकुराले पाचनक्रिया गडबड हुन्छ र कब्जियतको समस्या हुन्छ ।

मलद्वारको समस्याबाट बचाउने खानेकुरा

स्याउ, हरियो, सागपात सलाद, दूध, दही, झोलिलो खानेकुरा, रेसादार खाना, गहुँको रोटी, चना, मुंग, पाकेको बेल, काँक्रो, मुला, गाँजर, अंगुर, मेवा, उखुको रस, किसमिस भिजाएर, खजर खाँदा मलद्वारको समस्या हुन दिंदैन । यी चीज पचाउन सजिलो र पेट सफा गर्न मद्दत गर्छ ।

मलद्वारमा लाग्ने रोग

मलद्वारमा पायल्स, फिसर, फिस्टुला रोग लाग्छ । सुरुवाती अवस्थामा सहजै निको हुने भए पनि उपचारमा ढिलाइ भए यी रोगले जटिलता निम्त्याउँछ ।

शरीरमा पानीको कमी, खानपानमा ध्यान नदिनु, शारीरिक व्यायामको कमी, धेरै उपवास बस्ने, चिया–कफी बढी पिउने, माछामासु तथा जंकफुड धेरै खाने, अनियमित खानपान, अनिद्रा, धेरै तनाव लिने, जाँडरक्सी र चुरोट अत्यधिक खाने गर्दा मल्द्वारमा समस्या आउँछ ।

रोकथाम

दैनिक कम्तिमा तीन लिटर पानी पिउने, सन्तुलित र स्वस्थकर भोजन गर्ने, मनतातो पानी खाने,  फाइबर र रेसादार खानेकुरा खाने गर्नुपर्छ । पेटलाई सधैं हलका राखे मलद्वारसम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

(डा. पौडेल कलंकीस्थित मेदान्त आयुर्वेद हेल्थ होमका सञ्चालक समेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

खानपान मलद्वार
डा. सुवर्ण पौडेल
लेखक
डा. सुवर्ण पौडेल
क्षारसूत्र विज्ञ

नेपाल आयुर्वेद चिकित्सा परिषद् दर्ता नम्बर : ५२७ आयुर्वेदिक चिकित्सा र शल्य चिकित्सामा स्नातक (त्रिभुवन विश्वविद्यालय), क्षारसूत्र प्रमाणपत्र पाठ्यक्रम (आईक्योर मुम्बई, भारत) हाल मेदान्त आयुर्वेद हेल्थ होममा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने