+

अजिनोमोटोले वास्तवमै हड्डी कमजोर बनाउँछ ?

२०८० जेठ  २५ गते १३:५७ २०८० जेठ २५ गते १३:५७
अजिनोमोटोले वास्तवमै हड्डी कमजोर बनाउँछ ?

कुनै रेस्टुरेन्ट, होटल वा खाजाघरको खानामा अजिनोमोटोको प्रयोग नभएको सायदै पाइएला । खासगरी स्वादका लागि भन्दै खानामा अजिनोमोटो प्रयोग गर्ने गरेको पाइन्छ ।

अजिनोमोटोको नियमित प्रयोगले शरीरको हड्डी खिइन्छ भनेको पनि सुनिन्छ । तर यस विषयमा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छैन । यद्यपि अजिनोमोटोको प्रयोगले हड्डी खिइन्छ नै भनेर भन्न नसकिए पनि स्वास्थ्यमा केही समस्या गर्दैन भन्ने चाहिं होइन ।

कसरी हड्डीमा असर गर्छ ?

अजिनोमोटोमा मोनोसोडियम ग्लोटामेट रासायनिक तत्व हो । जसको वैज्ञानिक नाम सोडियम सल्ट पनि भनिन्छ । यसको नियमित सेवनले रगतमा सोडियम जम्मा भएर उच्च रक्तचाप बढाउँछ । जसले मिर्गौलामा समस्या निम्त्याउँछ ।

शरीर र हड्डीलाई चाहिने क्याल्सियम मिर्गौलाले पिसाबमार्फत फालिदिन्छ । शरीरमा क्याल्सियम कम भएपछि यसले हड्डी खिइने वा कमजोर हुँदै जान्छ । हड्डीलाई बिस्तारै कमजोर बनाउँदै लैजाने कालान्तरमा हड्डी बाङ्गिने रोग लाग्न सक्छ ।

डा. दीपेन्द्र पाण्डे

लक्षण

अजिनोमोटोको दैनिक सेवन गर्नाले टाउको दुख्ने, पाचन प्रणालीमा गडबडी, पेट दुख्ने, जीउ रातो हुने, पखाला लाग्ने, पसिना आउने, मुटु ढुकढुक हुने गर्छ । अजिनोमोटोको सेवनले शरीरमा पानीको मात्रा कम बनाइदिन्छ । जसकारण अनुहार सुन्निने, खुट्टाको मांसपेशी बाउँडिने, टाउको दुख्नेजस्ता समस्या हुन्छ ।

यसको नियमित प्रयोगले भविष्यमा उच्च रक्तचाप बढाउने, कलेजो, मुटुको समस्याका साथै पक्षघात, प्यारालाइसिस र क्यान्सरको समेत जोखिम हुन्छ ।

यी रोग भएकाले खानुहुँदैन

उच्च रक्तचाप, माइक्रेन (टाउको दुख्ने), ग्यास्ट्रिक, मोटोपन, अनिद्राको समस्या भएका व्यक्तिले अजिनोमोटोको सेवन गर्नु हुँदैन । यसले मन्दविषको रुपमा कालान्तरमा शरीरलाई हानि पुर्‍याउने गर्छ ।

कसरी टाढा रहने ?

बजारमा पाइने जंकफुडमा अत्यधिक अजिनोमोटो प्रयोग हुने भएकाले यस्ता खानेकुरा नखाने, जंकफुड मात्र नभएर घरभन्दा बाहिर होटल-रेस्टुरेष्टमा पकाइने खानेकुराबाट सकेसम्म टाढा रहँदा स्वस्थ हुृन्छ । फलफूल तथा घरमै पकाएको खाना खान जोड दिने गर्नुपर्छ । यसले खानालाई स्वादिलो बनाउनेबाहेक स्वास्थ्यलाई केही फाइदा पुर्‍याउँदैन

(हाडजोर्नी सर्जन डा. पाण्डेसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

अजिनोमोटो स्वास्थ्य
डा. दीपेन्द्र पाण्डे
लेखक
डा. दीपेन्द्र पाण्डे
वरिष्ठ हाडजोर्नी सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२८७ एमबीबीएस, एमएस (अर्थोपेडिक) फेलोसिप इन ट्रमा (बंगलादेश) राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिशूली अस्पताल नुवाकोटमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा कार्यरत, कोशी अस्पतालका सिनियर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय