+
+

सर्लाहीमा प्रहरी र गाउँलेबीच झडप, दुई प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १९:११
प्रतिनिधिमूलक तस्वीर ।

२५ जेठ, जनकपुरधाम । भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल नियन्त्रणमा लिन खोज्दा सर्लाहीमा गाउँले र प्रहरीबीच झडप भएको छ ।

बिहीबार दिउँसो ३ बजेतिर सर्लाहीको धन्कौल गाउँपालिका–६ बैरिया टोलमा गाउँले र प्रहरीबीच झडप भएको हो ।

झडपमा दुईजना प्रहरी घाइते भएका छन्, स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार स्थानीय राजु सहनीको घरमा भारतबाट ठूलो मात्रामा रासायनिक मल ल्याएर राखेको सूचनाको आधारमा प्रहरी टोली पुगेको थियो । मल नियन्त्रणमा लिन प्रयास गरेपछि स्थानीयले ढुंगा मुढासहिले आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

गाउँलेको ढुंगामुढाबाट प्रहरी निरीक्षक सुमित कुशवाह र वरिष्ठ हबल्दार कन्हैया साह घाइते भएका छन् । दुबैजनाको टाउको र जिउमा ढुंगा लागको डीएसपी पजियराले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी बोलाएपछि गाउँलेहरु भागेका छन् । प्रहरीले ७२ बोरा मलखाद बरामद गरेको डीएसपी पञ्जियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?