+

महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

२०८० जेठ  ३० गते १०:३१ २०८० जेठ ३० गते १०:३१
महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

३० जेठ, काठमाडौं । हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

नेपालका २ जना बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन नसक्दा नेपाल पराजित भयो ।

ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् ।

यसअघि नेपालका बलरहरूले राम्रो प्रदर्शन गर्दा पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २/२ विकेट लिए ।

इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । उनलाई ह्याट्रकको अवसर थियो तर ओभरको अन्तिम बलमा विकेट लिन सकिनन् ।

पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

२० रन  बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।

इमर्जिङ टिम्स कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय