+

के पाइन्छ माछामा ?

२०८० जेठ  ३१ गते १६:१८ २०८० जेठ ३१ गते १६:१८
Shares
के पाइन्छ माछामा ?

माछाको परिकार स्वादिष्ट, छिटो पाक्ने, सजिलो तरीकाबाट पकाउन मिल्ने र छिटो पच्नेमा पर्छ । माछामा पौष्टिक तत्व पनि यथेष्ठ मात्रामा पाइन्छ । माछा विशेषगरी ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसले शारीरिक, मानसिक र मुटुको स्वास्थ्यका लागि फाइदा पुर्‍याउँछ ।

माछा लो फ्याट, अधिक प्रोटिन र केही पोषक तत्वले भरपुर हुन्छ । साथै यसमा भिटामिन, मिनरल्स र अन्य पोषक तत्व पनि पाइन्छ ।

माछा खानुका फाइदा

मुटुरोगीका लागि माछा फाइदाजक हुन्छ । उनीहरुले आफ्नो खानामा माछा समावेश गरे निकै लाभ पुग्छ । माछामा पाइने ओमेगा-३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउनुका साथै शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

माछाका परिकार खाँदा तनाव नियन्त्रण, डिप्रसन, उमेर बढ्दै गएपछि उत्पन्न हुने आँखा तथा छालाको समस्या कम गर्न मद्दत पुग्छ । गर्भवती महिलाले नियमित माछाको सेवन गरे पेटभित्रको बच्चाको वृद्धिविकासमा पनि फाइदा पुग्छ । माछाले बालबालिकाको मस्तिष्क विकासमा पनि सहयोग गर्छ ।

कसरी खाँदा माछाको पोषक तत्व प्राप्त हुन्छ ?

माछाका विभिन्न परिकार बनाउन सकिन्छ । जस्तै, सुप, करी, बिर्यानी, फ्राइ, ग्रिल, बोइल, स्टिम, फिस टिक्का, फिस पास्ता, झिंगेमाछा पिज्जा, फिस चिल्ली, फिस चाउमिन, फिस सिजलरजस्ता थुप्रै परिकार माछाबाट बनाउन सकिन्छ ।

त्यसमध्ये पनि उसिनेर, झोल तथा ग्रेभी परिकार बनाएर खाएमा माछामा भएको पौष्टिक तत्व नष्ट हुँदैन । दैनिक खान नसके पनि हप्तामा दुई दिन माछा खाँदा स्वास्थ्यका लागि फाइदा पुग्छ ।

नेपालमा पाइने माछाका प्रजाति ?

माछा व्यापारीका अनुसार नेपालमा करिब ७५ थरीका माछा बजारमा उपलब्ध छन् । तर सबै पसलमा यी सबै प्रजातिका माछा पाइन्छ भन्ने हँुदैन । पसलमा सामान्यतया सात-आठ थरीका माछा जस्तै नैनी, साहर, असला, बाचाफिस, भतुरा, रौं, भुरा, बुहारी झिंगे लगायत पाइन्छन् । यसमा पनि अत्यधिक ग्राहकले रौं, भुरा र बुहारी माछा मन पराउने माछा विक्रेताहरु बताएँछन् । जसमा बुहारी माछामा काँडा कम हुन्छ भने अरु सबै काँडा भएका हुन्छन् । पछिल्लो समय झिंगे माछाको माग बढिरहेको व्यापारीहरु सुनाउँछन् । यद्यपि रौं माछा सदावहार रुचाइनेमा पर्छ ।

माछा सबै स्वादिलो नै हुने भए पनि यसलाई पकाउने तरिकामा पनि भरपर्ने बताउँछन् ।साथै कसैलाई काँडा नभएको मासु ग्रेभी गरेर खान मन पर्छ भने कसैलाई रौं माछा तेलमा फ्राइ  गरेर खान मन पर्छ ।

(आयुर्वेदिक चिकित्सक भण्डारीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

खानपान पौष्टिक तत्व माछा
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने