+

शरीरलाई आइरन किन चाहिन्छ ?

२०८० असार  १० गते १८:०९ २०८० असार १० गते १८:०९
शरीरलाई आइरन किन चाहिन्छ ?

प्रोटिन, भिटामिन, खनिज पदार्थ, कार्बोहाइड्रेट, फाइबर, गुड फ्याट, कोलेस्टेरोल र आइरन मानव शरीरका लागि चाहिने अत्यावश्यक पोषक तत्व हुन् । अन्य सबै पोषक तत्वबारे चर्चा भइरहे पनि आइरनबारे भने कमै भएको देखिन्छ ।

सामान्य भाषामा आइरन भनेको फलामजन्य तत्व हो । यसलाई ए सूक्ष्म प्रोटिन पदार्थ पनि भनिन्छ । जुन मानव शरीरको लागि अत्यावश्यक प्रोटिन पदार्थको रुपमा लिइन्छ । यो एकदम थोरै मिलिग्राममा मात्र चाहिने तत्व हो । यसले शरीरमा भएको रगतलाई रातोपन दिने प्रमुख तत्व हो ।

यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्त कोषिकाहरु निर्माण गर्न मद्दत गर्छ । यसले रगतमा भएको हेमोग्लोबिन नामक प्रोटिनको स्तर बढाउने काम गर्छ । जसको काम फोक्सोबाट अक्सिजन लिएर रगतको माध्यमबाट मानव शरीरका विभिन्न अंगहरुमा अक्सिजन पुर्‍याउने काम गर्छ । जुन मानव शरीर सञ्चालनका लागि अति महत्वपूर्ण प्रक्रिया हो । जति रगतको रंग रातो हुन्छ त्यति शरीरमा अक्सिजनको मात्रा बढ्छ । यसले शारीरिक विकासमा मद्दत पुर्‍याउँछ ।

आइरनका कमी भएमा के हुन्छ ?

शरीरमा आइरनको कमी भएमा शरीरमा रातो रक्त कोषिकाहरुको कमी हुने, रक्त कोषिकाहरु नष्ट हुँदै जाने वा शरीरद्वारा रातो रक्त कोषिका निर्माण प्रक्रियामा कमी हुने समस्या उत्पन्न हुन्छ ।

यसबाहेक आइरनको कमीले शरीरमा अल्छीपना हुने, कुनै कुरामा ध्यान केन्द्रित नहुने, सुतिइरहु जस्तो लाग्ने, शरीर कमजोर हुने, शरीर सुस्त हुँदै जाने, थोरै काम गर्ने बित्तिकै शरीर गलिहाल्ने गर्छ । साथै शरीरमा पोषण पदार्थको कमी हुने सम्भावना हुन्छ ।

यस्तै यसको अत्यधिक कमी भएमा रक्तअल्पता अर्थात् एनिमिया रोग लाग्ने जोखिम हुन्छ । एनिमिया शरीरमा रगतको कमीका कारण हुने गर्छ ।

प्रा. डा. उमा कोइराला, पोषणविद्

लक्षणहरु

एनिमिया भएमा हातखुट्टा सेतो भएर जाने, आँखाभित्र सेतो देखिने, मुख सेतो र पहेंलो हुने, हातखुट्टाको नङ सेतो हुने, उठ्न मन नलाग्ने, रिंगटा लाग्ने, वाकवाक लाग्ने, अपच हुने, खुट्टा सुन्निनेजस्ता समस्या आइरनको कमीले हुन्छ । यस्तो अवस्थामा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

कसलाई हुन्छ एनिमियाको जोखिम ?

पुरुषलाई भन्दा महिलालाई एनिमियामा समस्या हुन्छ । महिलामा महिनावारीका कारण महिनैपिच्छे रगतको नाश भइरहेको हुन्छ । जसले रगत बन्ने प्रक्रिया छिटोछिटो हुन्छ । शरीरमा पुन: रगत निर्माणको लागि गर्भवती महिला र दूध खुवाउने आमालाई आइरनको अति जरुरी हुन्छ । किनकि दूधबाट बच्चालाई आइरन पूर्ति भएको हुन्छ । जसले आमालाई आइरनको कमी हुने सम्भावना बढी हुन्छ ।

यदि गर्भावस्थामा रक्त अल्पता भएर आइरनको कमी भएमा बच्चाको वृद्धिमा समस्या हुने, गर्भ तुहिने, गर्भावस्थामा बच्चाको मृत्यु हुने र आमाको मृत्युसमेत हुन सक्छ ।

केमा पाइन्छ आइरन ?

फर्सी, कर्कलो, मेथीको साग, तोरी, पालुंगोको सागमा बढी मात्रा आइरन पाइन्छ । चुकन्दर, अनार, गाँजर, आलुबखडा, सुन्तला, कागती, अमला, केरा, अम्बा, स्याउमा आइरन बढी पाइन्छ । यीबाहेक ड्राइफुड किसमिस, बदाम, काजु, पेस्तामा पनि आइरन धेरै मात्रामा पाइन्छ ।

यसमध्ये पनि सबैभन्दा चुकन्दर, अनार, कर्कलो, अमलालाई मुख्य स्रोतको रुपमा लिइन्छ । चुकन्दरको पातमा आइरन हुन्छ । यी खानेकुरा खाँदा शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ । शरीरमा रातो रक्तकोषिका निर्माणमा ह्रास हुन दिंदैन ।

फलामको भाँडामा पनि पाइन्छ आइरन ?

फलामको भाँडामा पकाएर खाएको खानेकुरा पनि आइरन पाइन्छ । त्यसमा पकाएर खाँदा खानेकुरामा केही फलामको तत्व मिसिएको हुन्छ । उहिले शरीरमा आइरनको पूर्ति यसै फलामको भाडाबाट हुने गर्थ्यो । त्यसैले फलामको भाँडामा तरकारी पकाएर खानु उत्तम मानिन्छ । तर आजभोलि भाँडाकुँडा थरीथरीका आएपछि फलामको भाडामा प्रयोग गरेको देखिंदैन । त्यसैले आइरनको लागि तरकारी, फलफूल, ड्राइफुड सेवन गर्नुपर्ने हुन्छ ।

कति मात्रामा खाने ?

दैनिक यति नै आइरन खानुपर्छ भनेर तोकिएको छैन । यो मानिसको शारीरिक बनावट, दैनिक खानपान र शारीरीक प्रतिरक्षा अवस्थामा भरपर्छ । आइरनको आवश्यकता छुट्टाछुट्टै हुने गर्छ ।

आइरनमा कमी हुन नदिन के गर्ने ?

यसको लागि दैनिक खानपानमा पर्याप्त मात्रामा आइरनयुक्त सागपात, दाल, फलफूल र ड्राइफुडको सेवन गर्नुपर्छ । त्यस्तै गर्भवती महिलाको हकमा चिकित्सकको सल्लाहअनुसार आइरन चक्कीको सेवन गर्नुपर्छ । सामान्यतया गर्भवती महिलालाई जाँच गराएकै दिनदेखि दैनिक आइरनको चक्की सेवन गराउने गरिन्छ । त्यस्तै आवश्यकता अनुसार हप्तामा एकचोटि खान सकिन्छ ।

कहिलेबाट खान सकिन्छ ?

गर्भवती अवस्थामा दूध खुवाउने महिला, रक्तअल्पता बढी भएमा, आइरन चक्की सेवन गर्नुपर्छ । त्यस्तै पछिल्लो समय महिलामा आइरनका कारण एनिमियाको समस्या देखिन थालेपछि सरकारले किशोरीहरुको हकमा १० वर्षको उमेरदेखि नै आइरन चक्की खुवाउँदै आएको छ । यसको कमीले भविष्यमा हुने गर्भसम्बन्धी न्यूनीकरण गर्न मद्दत गर्छ ।

उपचार

एनिमिया भएको लक्षण देखापरेमा बिरामीलाई चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । यदि सामान्य लक्षण भएमा खानपिनमा आइरनयुक्त खानेकुरा खान सकिन्छ ।

(वरिष्ठ पोषणविद्  प्रा. डा. कोइरालासँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

आइरन पौष्टिक तत्व
लेखक
प्रा. डा. उमा कोइराला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?