+
+

भिडियो एक्स्प्लेनर : कस्तो छ रोयल इन्फिल्ड जे वान ३५० सीसी क्लासिक र स्क्र्याम्ब ४११ सीसी ?

उपयोगी, किफायती र सुरक्षित बाइक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १८:५८

काठमाडौं । मोटरसाइकलका सौखिनहरुका लागि बजारमा नयाँ प्रोडक्ट भित्रिएको छ । मोइटरसाइकल चढ्नेहरुको मध्यम सपना मानिने रोयल इन्फिल्डको स्तरीय मूल्यका २ वटा मोटरसाइकल नेपाली बजारमा बिक्री थालिएको हो ।

नेपालका लागि रोयल इन्फिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ नेपालले नेपालमै एसेम्बल्ड गरिएको जेवान सिरिज ३५० सीसी क्लासिक र स्क्र्याम्ब ४११ सीसी बाइकको खुला बिक्री सुरु गरिसकेको छ ।

उत्कृष्ट गुणस्तरको यी मोटरसाइकल दैनिक यात्राका लागि उत्कृष्ट त छन् नै अफरोड लामो यात्राका लागि समेत निकै उपयोगी, किफायती र सुरक्षित छन् । दोस्रो विश्व युद्धपछि रोयल इन्फिल्डले निर्माण गरेको जे टू सिरिजकै अपडेटेड भर्सनको निरन्तरताको रुपमा यी दुई मोटरसाइकल निर्माण भएको अल्फा अटोमोटिभ नेपालले जनाएको छ ।

रोयल इन्फिल्डको जे वान सिरिज मोटरसाइकल विश्वमा धेरै रुचाइएको मोटरसाइकल मध्येमा पर्छ । रोयल इन्फिल्डको विश्वमै धेरै बिक्री भएको मोटसलाइकमा पनि यो सिरिजका मोटरसाइकल पर्छन् ।

जे वान सिरिज ३५० सीसी क्लासिक

यो मोटरसाइकलमा जेवान सिरिजको इन्जिन दिइएको छ । यसमा च्यासिस पनि नयाँ दिइएको छ । यसले बाइकको पावर पर्फमेन्स पनि राम्रो भएको छ । यसमा २७ न्युटन मिटरको टर्क जेनेरेट हुन्छ ।

२०.२ बीएचपीको पावर जेनेरेट गर्छ । यसमा ५ गेयर स्पिड बक्स छ जसमा ४ वटा गेयर नर्मल गेयर छ भने पाँचौ गेयर ओभर ड्राइभ गेयर हुन्छ । यसले स्पिड नियमित गर्दै बाइक अघि बढाउँछ । यसले भाइब्रेसन कम हुनुका साथै राइडिङको मज्जा लिन सकिन्छ ।

नयाँ भर्सनको बाइकमा अपडेटेड भर्सनको टायर थप गरिएको छ । जसमा अगाडि १९ इन्चको टायार लाग्छ भने पछाडि १८ इन्चको टायर प्रयोग गरिन्छ । अगाडिको टायरमा ३०० मिलिमिटरको डिसब्रेक दिइएको छ भने पछाडि १५३ एमएमको ड्रम ब्रेक दिइएको छ । जसले गर्दा बाइक निकै सुरक्षित छ ।

यो बाइकमा १३ लिटरको फ्यूल ट्यांक दिइएको छ भने यसको राइड र पिलियन सिट पनि निकै राम्रो छ । यसको सिट हाइट ८०५ एमएम र ग्राउण्ड क्लेरेन्स १७० एमएमको रहेको छ । यो बाइकको कुल तौल १९५ किलोको छ ।

यो बाइकमा टूइनट्यूब इमल्सन सकको सस्पेन्सन पछाडि रहेको बाइकमा अगाडिको सस्पेन्सन भने टेलिस्कोपिक रहेको छ । बाइकमा डिजे एनालक क्लस्टर दिइएको छ । जसले गर्दा फ्यूल मिटर र अडोमिटरको डिजिटलमै हेर्न सकिन्छ । बाइकमा एक बटमबाटै नियन्त्रण गर्न सकिने ह्याजर्ड लाइट छ भने मोबाइल चार्ज गर्न युएसबी पोर्टको सुविधा पनि बाइकमा दिइएको छ ।

स्क्र्याम्ब ४११ सीसी

यो मोटरसाइकल अर्बन र एड्भेन्चरको क्रस ओभर हो । यो मोटरसाइकल सीटी बाइक त हो नै यसलाई ग्राहकले एड्भेन्चर बाइकको रुपमा पनि प्रयोग गर्न सक्छन । ४११ सीसीको उक्त मोटरसाइकल ३२ न्यूटन मिटरको टोर्क रहेको छ भने २४.३ बीएचपीको पावर यसले जेनरेट गर्छ ।

यसको च्यासिस चाहिं हाल्फ डुप्लेक्स स्पिट क्रेडल फ्रेमको रहेको छ भने बाइकमा सस्पेन्सन अगाडि टेलिस्कोपिक र पछाडि मनोसक रहेको छ । बाइकको च्यासिस र वेट डिस्ट्रिब्युसनले गर्दा यो मोटरसाइकल ट्राफिक जाम र साँघुरो ठाउँमा पनि सजिल्यै ह्याण्डल गर्न सकिन्छ ।

यो बाइकको टायरमा १९ इन्च र पछाडि १७ इन्चको टायर दिइएको छ भने दुवै टायरमा डुयल च्यानल एबीएस रहेका कारण बाइक निकै सुरक्षित पनि छ । यो बाइकमा १५ लिटरको ट्यांक दिइएको छ । सिट हाइट ७९५ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लेरेन्स २०० मिलिमिटर र कर्भवेट १९४ किलो ग्राम रहेको छ । स्क्र्याम्बको क्लस्टर पनि डिजि एनालग नै रहेको छ । स्पिडमिटर पनि रेक्टो स्टायलको एनालग रहेको छ । यस्तै ओडोमिटर, ट्रिप मिटर, फ्युल इन्डिकेटर, क्लक र गेयर पनि डिजिटल्ली हेर्न सकिन्छ ।

यसमा पनि रेक्ट्रो टाइपको ह्याण्डल छ भने त्यसमा युएसबी पोर्ट र स्मार्ट आई बटन पनि दिइएको छ । यसले ट्रीप ए, ट्रीप बी पनि नियन्त्रण गर्न सकिन्छ ।

यो बाइकमा सिंगल सिट दिइएको छ । यसले राइडर र पिलियनलाई पनि सजिलो हुन्छ । राइडरका लागि ह्याडरबारले सजिलो गराउँछ भने पिलियनका लागि पछाडिको ग्र्याबरेलले सुरक्षित बनाउँछ । बाइकको हेडलाइट काउल सिंगल काष्ट आइरनबाट बनाइएको हो । यो निकै बलियो र राम्रो पनि छ ।

तस्वीर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?