+
+

डी सिने अवार्ड : ‘म यस्तो गीत गाउँछु २’ र ‘श्री’ सर्वश्रेष्ठ फिल्म घोषित

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १२:२८
डी सिने अवार्डमा छायाछवि रजत सम्मान ग्रहण गर्दै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला

काठमाडौं । डी सिने अवार्डको १३ औं र १४ औं संस्करण काठमाडौंमा सम्पन्न भएको छ । रुसी सांस्कृतिक केन्द्रमा आयोजित समारोहमा कोभिड महामारीका कारण प्रभावित दुई वर्षको अवार्ड एकैपटक वितरण गरिएको हो ।अर्जुन श्रेष्ठ र दीपाश्री निरौलालाई छायाछवि रजत सम्मान प्रदान गरियो ।

२०७७ सालमा प्रदर्शन भएका सात फिल्मलाई पाँच विधामा पुरस्कृत गरियो । उक्त वर्ष रिलिज भएको एभरेस्ट सूर्य बोहरा निर्देशित ‘श्री’ सर्वोत्कृष्ट फिल्म घोषित भयो । ‘हिरो रिटर्न्स’बाट सविन श्रेष्ठ सर्वश्रेष्ठ अभिनेता, ‘लक्ष्मीपूजा’बाट जान्ह्वी बस्नेत सर्वश्रेष्ठ अभिनेत्री घोषित भए ।

‘गुड फ्रेन्ड’बाट अजय स्याङतानले नृत्य निर्देशक, ‘हिरो रिटर्न्स’बाट रोशन श्रेष्ठले सहअभिनेता विधामा अवार्ड उचाले । १४ औं संस्करणको डी सिने अवार्ड २०७८ अन्तर्गत १३ विधामा पुरस्कार बाँडियो । यस वर्षको अवार्डमा ‘म यस्तो गीत गाउँछु’ले फिल्मसहित ६ विधामा पुरस्कार जित्यो । यो फिल्मबाट सुदर्शन थापाले सर्वश्रेष्ठ निर्देशक, पल शाहले अभिनेता, पूजा शर्माले अभिनेत्री, बनिश शाह र मिलन श्रेष्ठले सम्पादन र अर्जुन पोखरेलले संगीत विधामा अवार्ड उचाले ।

‘चिसो एस्ट्रे’बाट दीन्स पाल्पालीले लेखन, ‘हेल्लो जिन्दगी’बाट सम्राट बस्नेतले द्वन्द्व निर्देशन, ‘आकाशे खेती’बाट रामजी लामिछानेले नृत्य निर्देशन, ‘लप्पनछप्पन २’बाट पुरुषोत्तम प्रधानले छायांकन, ‘हेल्लो जिन्दगी’बाट राजनराज सिवाकोटीले गायन, ‘हेल्लो जिन्दगी’बाटै एभरेस्ट सूर्य बोहराले जुरी अवार्ड प्राप्त गरे ।

समारोहमा फिल्म, संगीत र साहित्यका क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान प्रदान गरियो । अभिनेता तथा मोडल दिनेश केसी, फिल्म निर्देशक चेतनाथ दंगाल र निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राविधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुवेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाछवि सम्मान अर्पण गरिएको हो । कुवेर गिरीले चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?