+
+

‘कपिल शर्मा शो’मा नवोजित सिंह सिद्धू फर्किने पक्का

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १३:३७

 काठमाडौं । भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा नवजोत सिंह सिद्धूको पुनरागमन निश्चित भएको छ । सार्वजनिक एक नयाँ प्रोमोमा सिद्धूसहितका केही कलाकार देखिने जनाइएको छ । सिद्धूसँगै रेणुका शहाणे, मिनी माथुर, परिजाद कोलाह र ऋचा अनिरुद्धले समेत स्टेज सेयर गर्ने भएका छन् ।

पछिल्लो शोमा होस्ट कपिल शर्माले सिद्धूको नाम घोषणा गरेर अर्चना पुरन सिंहलाई चिढ्याएका छन् । सिद्धूको ट्रेडमार्क संवाद ‘ठोको ताली’ भन्दै ढोकातिर हेरेर कपिलले यस्तो ईशारा गर्दा अर्चना चिढिएकी थिइन् । प्रोमोमा कपिलले शोका कलाकार कृष्णा अभिषेकलाई शोबाट विश्राम लिन लागेको भन्दै जिस्काएका पनि छन् ।

रेणुकाले तौल घटाएकोमा उनको प्रशंसा गर्दा कृष्णाले भने कि आफू ब्रेकमा रहेको बताए । ‘दोस्रो च्यानलले राम्रो पारिश्रमिक दिंदैनन् भने किन छोड्नु’ भनेर कृष्णाले कपिललाई जवाफ समेत दिएका छन् । कृष्णा अभिषेकले पारिश्रमिकको कुरामा मतभेद भएपछि गत सेप्टेम्बरमा यो शोको पछिल्लो सिजन सुरु हुनुअघि नै छाड्ने निर्णय गरेका थिए । तर पारिश्रमिकमा कुरा मिलेपछि समस्या समाधान भयो ।

टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा कृष्णाले आफू फर्केर पाउँदा खुसी भएको बताएका छन् । ‘यो हृदय परिवर्तन होइन तर सम्झौताको परिवर्तन हो (हाँसो) सम्झौतामा पैसासहित धेरै चिन्ता थिए, तर सबै समस्या समाधान भएका छन् । कार्यक्रम र च्यानल परिवार जस्तै छन्, र म फर्केर पाउँदा खुसी छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?