+

फेसियल गरेपछि के गर्ने, के नगर्ने ?

२०८० साउन  १५ गते १८:२८ २०८० साउन १५ गते १८:२८
फेसियल गरेपछि के गर्ने, के नगर्ने ?

मेकअप सामग्री लगाए पनि अनुहारमा चमक छैन ?  स्किन ‘डल’ भयो ? यदि यस्तो समस्या छ भने यसको समाधान हो फेसियल । फेसियलले अनुहारको छालाको गहिराइसम्म पुगेर निखार्छ । फेसियल क्रिमसँगै गरिने मसाजले अनुहारमा पर्याप्त मात्रामा रक्तसञ्चार गराउँछ । जसले अनुहारमा पोषण, अक्सिजन, प्रोटिन पुर्‍याउँछ ।

फलस्वरूप हराएको अनुहारको चमक पुनः फर्किन्छ । जसकारण महिनाको एकपटक फेसियल गराउन जरुरी छ । धेरैमा भने यतिधेरै फाइदा भएको फेसियल गर्दा पनि पिम्पल र दागहरू आउन थाल्छन् । कारण हो, यो फेसियल गरेपछि ढुक्क भएर अनुहारको हेरचाह नगर्नु, त्यसैले फेसियल गरेपछि के गर्ने र के नगर्ने भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

के नगर्ने ?

अनुहार नधुने

धेरैजसोले फेसियल गरेको केही समयमै अनुहार धुने बानी हुन्छ । भुलेर पनि यस्तो गल्ती नगर्नुहोस् । यसले अनुहारमा डन्डीफोर र खटिरा आउन सक्छ । त्यसैले कम्तीमा २४ घण्टापछि मात्र अनुहार धुनुपर्छ । छाला सफा गर्न गुलाबजल प्रयोग गर्न सकिन्छ । यसले तपाईंको छालालाई ताजा राख्छ । साथै अनुहार धुन पनि आवश्यक पर्दैन ।

फेसियल गरेपछि थ्रेडिङ नगर्ने

प्राय: थ्रेडिङ गरेपछि मात्रै फेसियल वा क्लिनजिङ गरिन्छ । तर कहिलेकाहीं हतार फेसियल गरेपछि मात्रै आइब्रोको थ्रेडिङ गराउन याद हुन सक्छ । जस्तोसुकै हतार भए पनि फेसियल गरेपछि थ्रेडिङ गर्न हुँदैन । केही दिन कुर्नुपर्छ । किनभने फेसियलपछि छाला नरम र संवेदनशील भएको हुन्छ । यस्तोमा थ्रेडिङ गर्न अनुहारमा धागो प्रयोग गर्दा छाला काट्ने सम्भावना बढी हुन्छ । नत्र केही दिन पछि गर ।

अनुहारमा पटकपटक नछुने

अनुहारमा छोइरहने बानी पनि गर्न हुँदैन । छालामा बारम्बार छोइरहँदा जीवाणु संक्रमण, चलाउने र एलर्जी हुन सक्छ ।

डन्डीफोननिचोर्ने

कतिको डन्डीफोर आउने बित्तिकै निचोर्ने बानी हुन्छ तर फेसियल गरेपछि भने डन्डीफोर निचार्नु हुँदैन । यसले छालामा संक्रमण गराउनुका साथै दाग पनि बस्ने सम्भावना हुन्छ ।

तुरुन्तै घाममा नजाने

कतै घुम्न जानुअघि फेसियल गर्ने धेरैको बानी हुन्छ, जुन गलत हो । फेसियल गर्नेबित्तिकै घाममा छाला डढ्ने जस्ता समस्या हुन थाल्छ । घामसँगै धुलो र माटोका कारण छालामा दागहरू आउन थाल्छन् । त्यसैले फेसियल गरेपछि चर्को घाममा बाहिर जानु हुँदैन । फेसियल गराउँदा जहिले पनि आरामले समय दिनुपर्छ ।

मेकअप नगर्ने

फेसियलको केही समय अनुहारलाई पनि आराम चाहिन्छ । फेसियल गर्ने बित्तिकै कस्मेटिक र मेकअपको अत्यधिक प्रयोगले अनुहारको मसिनो छिद्र टालिन्छ । साथै, छाला पोल्ने, तातो हुने हुँदै पछि डन्डीफोर पनि देखिन सक्छ ।

के गर्ने ?

१. हाइड्रेट रहने

फेसियल गरेपछि मात्र होइन, नगर्दा पनि हाइड्रेट हुनको लागि पर्याप्त पानी पिउनु जरुरी छ । मनतातो पानी छालाको लागि उपयुक्त हुन्छ । जसले छालालाई नरम र उज्यालो बनाउँछ ।

२. मोस्चराइज गर्ने

फेसियल गरेपछि अनुहार नाजुक र कसैलाई सुख्खा अनुभव हुन्छ भने मोइस्चराइजर क्रिम लगाउनुपर्छ ।

३. सनस्क्रिन लगाउने

फेसियल गरेपछि सनस्क्रिन अनिवार्य लगाउनुपर्छ । यसले फेसियल गरेपछि संवेदनशील बनेको छालालाई सुरक्षा दिनुका साथै सूर्यको हानिकारक विकिरणबाट बचाउँछ । त्यसको लागि एसपीएफ ३० भन्दा माथिको बोर्ड स्पेकट्रम सन्स्क्रिन प्रत्येक दुई घण्टामा लगाउनुपर्छ ।

अनुहार सौन्दर्य फेसियल
लेखक
सन्दीपा घिमिरे, सौन्दर्यकर्मी  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

जन्मदर बढाउन चीनमा नयाँ नीति लागु, गर्भनिरोधकमा १३ प्रतिशत कर

जन्मदर बढाउन चीनमा नयाँ नीति लागु, गर्भनिरोधकमा १३ प्रतिशत कर

मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्चको फैसला छिट्टै कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्चको फैसला छिट्टै कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

नयाँ वर्ष २०२६ मा चिकित्सकहरूका संकल्प : गीत रेकर्ड गराउनेदेखि मदिरा त्याग्नेसम्म

नयाँ वर्ष २०२६ मा चिकित्सकहरूका संकल्प : गीत रेकर्ड गराउनेदेखि मदिरा त्याग्नेसम्म

कोलेस्टेरोल सामान्य हुँदा पनि हृदयघात किन हुन्छ ? जोखिम चिन्ने सरल उपाय

कोलेस्टेरोल सामान्य हुँदा पनि हृदयघात किन हुन्छ ? जोखिम चिन्ने सरल उपाय