+
+
Shares

अवैध चिकित्सकीय अभ्यास रोक्न मेडिकल काउन्सिलले ल्यायो कार्यविधि

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १५:२३

१७ असार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण गर्न कार्यविधि ल्याएको छ। केही दिनअघि बसेको काउन्सिलको पूर्ण बैठकले ‘अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि २०८३’ पारित गरेको हो ।

कार्यक्षेत्रभन्दा बाहिर गएर गरिने उपचार तथा भ्रामक चिकित्सकीय प्रचार–प्रसारलाई नियन्त्रण गर्न कार्यविधि ल्याइएको नेपाल मेडिकल कान्सिलका निमित्त रजिस्ट्रार डा‍. दीपेन्द्र पाण्डे बताए ।

यो कार्यविधिले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६, २७, २८ र ३० मा भएका व्यवस्थालाई सक्रिय रूपमा कार्यानवयन गर्न सघाउने उनको भनाइ छ ।

ऐनअनुसार नेपाल मेडिकल काउन्सिल वा स्वास्थ्यसँग सम्बन्धित अन्य व्यावसायिक परिषदमा दर्ता नभई गरिने चिकित्सकीय अभ्यास गर्न पाइँदैन ।

यी निकायमा दर्ता भए पनि आफ्नो स्वीकृत कार्यक्षेत्रको दायरामा रहेर मात्रै बिरामीको उपचार गर्न तथा चिकित्सीय सेवा दिन पाइन्छ ।

स्वास्थ्य उपचारमा विकृतिहरू धेरै बढेकाले यो कार्यविधि ल्याएको काउन्सिलका उपाध्यक्ष डा‍. कुन्जाङ शेर्पाले बताए । स्वास्थ्य क्षेत्रको अगुवाइ गरिरहेको हिसाबले मेडिकल काउन्सिले नै यसमा पहल लिएको उनको भनाइ छ ।

यस विषयमा मेडिकल काउन्सिलसहित स्वास्थ्यसँग सम्बिन्धित अन्य परिषद् तथा निकायसँग वृहत छलफलका लागि भोलि बैठक गर्ने तयारी भइरहेको डा.शेर्पाले जानकारी दिए ।

चिकित्सा क्षेत्रका सबै विधाका प्रतिनिधि सहभागी भएको टोली बनाएर यो कार्यविधिलाई कार्यान्वयनमा लैजाने तयारी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?