+
+

केकीले ‘बोक्सीको घर’लाई यस वर्ष हलमा ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १६:४२
अभिनेत्री केकी अधिकारी । फाइल तस्वीर

काठमाडौं । अभिनेत्री केकी अधिकारीको लागि २०८० साल व्यस्तताको वर्ष हुनेछ । किनभने यस वर्ष उनी फिल्म र टिभी कार्यक्रममा निर्मात्री र कलाकारको रुपमा व्यस्त हुँदैछिन् । यसै वर्ष केकीले आफ्नो होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’लाई दर्शकमाझ ल्याउने भएकी छिन् ।

बोक्सी कुप्रथाविरुद्धको सन्देश दिने यो फिल्मलाई दशैं-तिहारपछि दर्शकमाझ ल्याउने उनको तयारी छ । त्यसअघि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यो फिल्मको विश्व प्रिमियर गर्ने योजना छ । ‘फेस्टिभलपछि हलमा रिलिजबारे हामी गृहकार्यमा छौं,’ अनलाइनखबरसँग केकीले भनिन्, ‘सम्भवतः चाडपर्वपछि दर्शकले फिल्म हेर्न पाउनुहुन्छ ।’

केकीले निर्माण गरेको यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । फिल्ममा केकी र सुलक्षणको शीर्ष भूमिका समेत छ । हरर थ्रिलर शैलीमा प्रस्तुत गरिएको यो फिल्मले समाजको कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । फिल्मलाई शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् ।

‘बोक्सीको घर’बाहेक यस वर्ष केकी अभिनित फिल्महरु ‘परदेशी २’ र ‘जय हो’ प्रदर्शन हुँदैछन् । साथै, टिभी कार्यक्रम ‘कमेडी च्याम्पियन’लाई पनि ल्याउने उनको तयारी छ । साथै, बर्सेनि एउटा फिल्म निर्माण गर्ने केकीको योजना छ । कोरोना महामारीको कारणले यो योजनामा धक्का लागे पनि उनी फिल्म लयमा फर्किएकाले उक्त सोचलाई मूर्त रुप दिने योजनामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?