+

शिशुलाई पाउडर लगाइदिनु जरुरी छ ?

२०८० साउन  २५ गते १७:५१ २०८० साउन २५ गते १७:५१
शिशुलाई पाउडर लगाइदिनु जरुरी छ ?

काठमाडौं । नवजात शिशुलाई नुहाइसकेपछि पाउडर लगाइदिने गरिन्छ । पाउडरले शिशुको छालालाई सुख्खा बनाउँछ । तर शिशुका लागि पाउडर फाइदाजनक छ कि छैन ? भन्नेमा भने धेरैको ध्यान पुगिरहेको हुँदैन ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. रामभक्त सुवेदी शिशुलाई पाउडर लगाइदिनु जरुरी नभएको बताउँछन् । ‘शिशुलाई पाउडर प्रयोग गर्दा त्यो नै छालामा टाँसिएर बस्ने र झन् फोहोरी बनाउने गर्छ,’ उनले भने, ‘यसले गर्दा बच्चामा छालाको समस्या र जलन हुने सम्भावना बढी हुन्छ ।’ तर यो प्रमाणित नै भने नभएको उनी बताउँछन् ।

अहिले गर्मी मौसममा नवजात शिशुमा पसिनाका कारण शरीरमा सानो खटिरा आएमा पाउडर लगाइदिने चलन छ । तर त्यस्तो भएमा बच्चालाई नुहाइदिने र सकेसम्म छाला सुख्खा राख्दा केही दिनमा नै निको हुने डा. सुवेदी बताउँछन् । तर जटिल अवस्था देखिएमा चिकित्सकलाई जाँच गराएर औषधिको प्रयोग गर्न सकिने उनी बताउँछन् ।

पाउडर लगाइदिनुको साटो बच्चालाई समय-समयमा नुहाइदिने, सफा नरम कपडाले पुछिदिने गर्नुपरने उनी सुझाउँछन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले गरेको अध्ययनले पनि बच्चालाई बेबी पाउडर आवश्यक नपर्ने देखाएको छ । अनुसन्धानले बेबी पाउडरले सास फेर्न समस्या र बच्चाहरूको फोक्सोमा क्षति पुर्‍याउन सक्ने देखाएको छ । शिशुले सास फेर्दा पाउडरको थोरै कण सासभित्र गएमा बच्चाको फोक्सोमा जलन गर्ने, श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम हुने, सास फेर्न गाह्रो हुने देखाएको छ ।

यसबाहेक उच्च जोखिममा समयअगावै जन्मिएका बच्चा, जन्मजात हृदयरोग भएका बच्चा र बारम्बार श्वासप्रश्वाससम्बन्धी समस्या हुने विज्ञहरुले औंल्याएका छन् ।

कसरी प्रयोग गर्ने ?

सकेसम्म पाउडर नलगाउने, यदि लगाउनै सीधै बट्टाबाट लगाउनु हुँदैन । यसलाई हत्केलामा थोरै पाउडर लिएर र बच्चाको छालामा विस्तारै लगाउनुपर्छ । पाउडर लगाउँदा यसको बट्टा बच्चाबाट टाढा राख्नुपर्छ ।

बच्चाको अनुहारमा पाउडर प्रयोग गर्नुहुँदैन, किनकि यसले बच्चालाई सास फेर्न समस्या हुन सक्छ । यदि बच्चाले पाउडर सास फेर्छ भने यसले फोक्सोमा क्षति पुर्‍याउन सक्ने जोखिम हुन्छ ।

पाउडर शिशु
डा. रामभक्त सुवेदी
लेखक
डा. रामभक्त सुवेदी
न्युरोलोजिस्ट तथा बालरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६६३९ अध्ययन : एमबीबीएस, एमडी पेडियाट्रिक (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) हाल मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय