+

शिशुलाई पाउडर लगाइदिनु जरुरी छ ?

२०८० साउन  २५ गते १७:५१ २०८० साउन २५ गते १७:५१
Shares
शिशुलाई पाउडर लगाइदिनु जरुरी छ ?

काठमाडौं । नवजात शिशुलाई नुहाइसकेपछि पाउडर लगाइदिने गरिन्छ । पाउडरले शिशुको छालालाई सुख्खा बनाउँछ । तर शिशुका लागि पाउडर फाइदाजनक छ कि छैन ? भन्नेमा भने धेरैको ध्यान पुगिरहेको हुँदैन ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. रामभक्त सुवेदी शिशुलाई पाउडर लगाइदिनु जरुरी नभएको बताउँछन् । ‘शिशुलाई पाउडर प्रयोग गर्दा त्यो नै छालामा टाँसिएर बस्ने र झन् फोहोरी बनाउने गर्छ,’ उनले भने, ‘यसले गर्दा बच्चामा छालाको समस्या र जलन हुने सम्भावना बढी हुन्छ ।’ तर यो प्रमाणित नै भने नभएको उनी बताउँछन् ।

अहिले गर्मी मौसममा नवजात शिशुमा पसिनाका कारण शरीरमा सानो खटिरा आएमा पाउडर लगाइदिने चलन छ । तर त्यस्तो भएमा बच्चालाई नुहाइदिने र सकेसम्म छाला सुख्खा राख्दा केही दिनमा नै निको हुने डा. सुवेदी बताउँछन् । तर जटिल अवस्था देखिएमा चिकित्सकलाई जाँच गराएर औषधिको प्रयोग गर्न सकिने उनी बताउँछन् ।

पाउडर लगाइदिनुको साटो बच्चालाई समय-समयमा नुहाइदिने, सफा नरम कपडाले पुछिदिने गर्नुपरने उनी सुझाउँछन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले गरेको अध्ययनले पनि बच्चालाई बेबी पाउडर आवश्यक नपर्ने देखाएको छ । अनुसन्धानले बेबी पाउडरले सास फेर्न समस्या र बच्चाहरूको फोक्सोमा क्षति पुर्‍याउन सक्ने देखाएको छ । शिशुले सास फेर्दा पाउडरको थोरै कण सासभित्र गएमा बच्चाको फोक्सोमा जलन गर्ने, श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम हुने, सास फेर्न गाह्रो हुने देखाएको छ ।

यसबाहेक उच्च जोखिममा समयअगावै जन्मिएका बच्चा, जन्मजात हृदयरोग भएका बच्चा र बारम्बार श्वासप्रश्वाससम्बन्धी समस्या हुने विज्ञहरुले औंल्याएका छन् ।

कसरी प्रयोग गर्ने ?

सकेसम्म पाउडर नलगाउने, यदि लगाउनै सीधै बट्टाबाट लगाउनु हुँदैन । यसलाई हत्केलामा थोरै पाउडर लिएर र बच्चाको छालामा विस्तारै लगाउनुपर्छ । पाउडर लगाउँदा यसको बट्टा बच्चाबाट टाढा राख्नुपर्छ ।

बच्चाको अनुहारमा पाउडर प्रयोग गर्नुहुँदैन, किनकि यसले बच्चालाई सास फेर्न समस्या हुन सक्छ । यदि बच्चाले पाउडर सास फेर्छ भने यसले फोक्सोमा क्षति पुर्‍याउन सक्ने जोखिम हुन्छ ।

पाउडर शिशु
डा. रामभक्त सुवेदी
लेखक
डा. रामभक्त सुवेदी
न्युरोलोजिस्ट तथा बालरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६६३९ अध्ययन : एमबीबीएस, एमडी पेडियाट्रिक (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) हाल मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट