+
+

नेप्से ८.०१ अंकले बढ्यो, कारोबार रकम निरन्तर घट्दै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १५:३१

३२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ ।

सोमबारदेखि लगातार ३ दिन घटेको नेपसे बिहिबार ८.०१ अंकले वृद्धि भएर २०३३.१३ को बिन्दुमा बन्द भएको छ । बिहीबार म्यचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।

म्युचुअल फण्ड उपसूचक ०.२३ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक २.५३ प्रतिशतले वृद्धि भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.२५ प्रतिशतको सामान्य वृद्धि भएको हो ।

नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम घटेर डेढ अर्बमा झरेको छ । पछिल्लो केही दिन यता लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार १ अर्ब ६७ करोडमा झरेको थियो । बिहीबार कारोबार रकम अझै घटेर १ अर्ब ५४ करोड १४ लाख रुपैयाँमा सिमित भएको छ ।

४३ हजार ५९१ वटा कारोबारमा ४० लाख ९ हजार २६३ कित्ता धितोपत्र बिनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार नेप्सेमा कारोबारमा आएका कम्पनीमध्ये सोल्टी होटलको सेयर सर्वाधिक १३ करोड ७१ लाखको किनबेच भएको छ । यस्तै आईएमई लाइफ इन्स्योरेन्सको सेयर ७ करोड ७९ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिहिबार नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

बिहीबार कारोबार भएकोमध्ये सुचिकृत कम्पनीमा लिवर्टी इनर्जीको सेयरमूल्य ९.७४ प्रतिशतले वृद्धि हुँदा अपर स्याङ्गे हाइड्रोपावरको सेयरमूल्य ६.१७ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ५.७७ प्रतिशतले वृद्धि भएको छ । यस्तै सामुहीक लगानी योजना सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यता लक्ष्मी इक्वीटी फण्डको इकाइमूल्य सर्वाधिक ७.४३ प्रतिशतले गिरावट हुँदा मेच्छेयाम हाइड्रोपावरको सेयरमूल्य ४.४१ प्रतिशत र राप्ती हाइड्रोपावरको सेयरमूल्य ४.२१ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?