
७ भदौ, दाङ । दाङमा प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रकम असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौं बस्ने ५८ का नरेश गौतम रहेका छन् । गौतमले लमही नगरपालिका- ७ की एक २२ वर्षीया युवतीसँग नेपाल प्रहरीमा जागिर लगाइदिने भनी दुई लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।
पीडित महिलाले उजुरी दिएपछि गौतमलाई साउन २९ गते काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए । पक्राउ परेका गौतमलाई दाङ ल्याएर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4