+
+

राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते ११:३८

११ भदौ, काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा राष्ट्रिय विकास समस्या समाधान समितिकाे ५१औं  बैठक प्रारम्भ भएको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा मन्त्रीहरु, मूख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरुसहित राष्ट्रिय याेजना आयाेगका पदाधिकारी उपस्थित छन् ।  यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतकाे उपस्थिति छ ।

बैठककाे सुरुवातमा  याेजना आयाेगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?