+
+

डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १३:५१

११ भदौ, काठमाडौं । डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले पुष्टि गरेका छन् ।

‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआएको खबर भएपछि खोजीमा टोली परिचालन गरेका छौं’ उनले भने, ‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?