+
+

निजी स्कुलको अनौठो अफर : कक्षामा जति सुते पनि हुने तर पैसा तिर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते ११:४५

कुनै पनि स्कुलले सायद विद्यार्थीहरुलाई कक्षाकोठामै सुत्ने अनुमति दिँदैनन् । तर चीनको एउटा निजी स्कुलले भने विद्यार्थीहरुलाई कक्षामै मनलाग्दी निदाउने छुट दिएको छ । र, त्यसरी सुतेबापत विद्यार्थीले छुट्टै शुल्क तिर्नुपर्नेछ ।

दक्षिणपूर्वी चीनको गुआंगडोंग प्रान्तमा रहेको जिशेंग प्राथमिक विद्यालयले विद्यार्थीबाट शैक्षिक शुल्कमात्र होइन निद्रा शुल्कसमेत असुल गरी थप आम्दानी गर्न चाहेको छ । यसका लागि कक्षा समयमा सुतेबापत विद्यार्थीबाट थप शुल्क लिइनेछ ।

समाचार प्लाटफर्म Xibu Juece का अनुसार स्थानीय शिक्षा ब्युरोका अधिकारीहरुले नयाँ शुल्क एकीकृत नियमन अन्तरगत नभए पनि निजी स्कुललाई त्यस्तो कदम उठाउने अधिकार भएको बताएका छन् ।

विद्यालयले आफ्ना अभिभावक तथा शिक्षकको विच्याट ग्रुपमा निद्रा शुल्कका बारेमा सूचना पठाएको स्क्रिनसटसमेत सार्वजनिक भएको छ । शुल्क लिनुपर्नाको कारण नबताइएको भए पनि यसमा तीन प्रकारका चिजलाई सूचीबद्ध गरिएको छ ।

जसअन्तर्गत यदि कुनै विद्यार्थी एक पिरियडका लागि डेस्कमै अडेस लागेर निदाउन चाहन्छ भने त्यसका लागि २ सय युआन शुल्क लाग्नेछ । त्यस्तै कक्षामै गुन्द्रीमै सुत्न चाहने विद्यार्थीले ३६० युआन शुल्क तिर्नुपर्नेछ भने निजी कोठामा गएर ओछ्यानमा सुत्नका लागि ६८० युआन शुल्क लाग्नेछ ।

विद्यालयले सुतेका विद्यार्थीहरुको निगरानी तथा हेरचाहका लागि छुट्टै कर्मचारीहरुको व्यवस्था पनि गरको छ । त्यस्तै विद्यालयले कक्षामै सुत्न नचाहने विद्यार्थीका लागि दिउँसोको खाजा समयमा घर जाने विकल्प पनि दिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?