+
+

सुदूरपश्चिमको राजधानी सार्ने कुरा जनता विरोधी हो, स्वीकार्य हुँदैन : एमाले सचिव भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते ८:५७

१ असोज, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताएका छन् ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने भन्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै पूूर्व उद्योगमन्त्री समेत रहेका भट्टले राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताएका हुन् ।

मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूूर्ण रहेको टिप्पणी समेत भट्टको थियो । ‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो । यो अचम्मको र गैरजिम्मेवार पनि छ,’ भट्टले भने, ‘उहाँ हिजोको संसदले पारित गरेको निर्णयको विपरीत बोल्नुुभएको छ । कांग्रेसको आफ्नो चरित्र देखाउनुु भएको छ ।’

अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका भट्टले अहिलेको सरकार र संसद अघिल्लोकै निरन्तरता भएकाले यसअघि भएका निर्णयको अपनत्व लिएर अघि बढ्नुपर्ने बताए । ‘कुनै पनि निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने दायित्व हुन्छ । अहिलेको सरकार हिजोको सरकारको निरन्तरता हो । हिजोको सरकार र संसदले गरेका सबै किसिमका निर्णय नमान्ने हो भने ती बनाएका नीतिहरु, योजनाहरु कानूनहरु फेरी उहाँहरुले आफूू अनुकुल बनाउने त्यो हुँदैन । कुनै पनि मुुलुकमा जसले प्रजातन्त्र लोकतन्त्रमा विश्वास गर्छ त्यसले यस्ता अभिव्यक्तिहरु दिँदैन भन्ने लाग्छ,’ भट्टले भने ।

प्रतिनिधिसभा निर्वाचनका बेला आफ्ना प्रतिस्पर्धी रहेका प्रतिनिधिसभा सदस्य बिरबहादुर बलायरले ६ महिनाभित्र राजधानी निर्माण गर्छु भनेर मतदातालाई आश्वासन दिएपनि अहिले आफूूले बोलेको कुरा र जनताको चाहाना विपरीत गएको आरोप समेत उनले लगाएका छन् । सबैतिर जनता र जनघनत्व बढी हुुन्छ क्षेत्रलाई नै राजधानी बनाउने अभ्यास रहेको पनि उनको भनाइ थियो ।

तत्कालीन अवस्थामा आफू पनि संघीय सरकारमा प्रतिनिधित्व गर्ने समयमा प्रदेश सरकारले समयमै जग्गाको भोगाधिकारको प्रक्रिया अघि नबढाउँदा काम गर्न नसकिएको उनी बताउँछन् । ‘त्यो बेलाको प्रदेश सरकारले पनि विशेष चासो दिएर राजधानी निर्माणका लागि जुन पहल गर्नुपर्ने थियो त्यो गरेन । प्रस्तावहरु समयमै लैजानुपर्ने थियो त्यो हुन सकेन,’ उनले भने, ‘हामी प्रक्रियामा अघि बढिरहेका बेला हाम्रो पार्टी सरकरबाट बाहिरियो, त्यसपछि हामीले पहल गर्न नसकेको कुरा यथार्थ हो ।’

मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा तोकिएको प्रदेशको राजधानी सार्न सकिने अभिव्यक्ति दिएपछि सुुदूरपश्चिममा पक्ष र विपक्षमा टिप्पणी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?