+
+

यी हुन् बिजुली गाडीको ब्याट्री र सुरक्षाबारे जान्नै पर्ने कुरा

बिजुली गाडीमा ब्याट्री सबै भन्दा महँगो वस्तु हो । गाडी किन्दा परेको कुल लागतको ४० देखि ४५ प्रतिशत मूल्य त ब्याट्रीकै पर्छ ।

कुमार भण्डारी कुमार भण्डारी
२०८० असोज २५ गते १८:३९

काठमाडौं । पछिल्लो २ वर्षयता नेपाली बजारमा बिजुली गाडीको प्रयोग नाटकीय रूपमा बढेको छ । जलविद्युत् उत्पादनमा मुलुकको क्षमता बढ्दै जाँदा बढेको विद्युतीय गाडीको मोहले नेपालको अटो मोबाइल क्षेत्रमा नयाँ तरङ्‍ग सृजना गरेको छ । आम मानिसलाई चासो रहेको विद्युतीय गाडीको प्रयोग बढेसँग यसको सुरक्षा र ब्याट्रीको आयुबारे थाहपाउनु अहिलेको आवश्यकता जस्तै भएको छ।

 विद्युतीय गाडीमा कस्तो ब्याट्री प्रयोग हुन्छ ?

विद्युतीय गाडीमा पछिल्लो समय प्रायजसो लिथियम फेरिवस फोस्फेट (एलएफपी) आधारित ब्याट्री प्रयोग हुन्छ । लामो अध्यायन र खोजपछि तयार भएका यस्ता ब्याट्रीलाई निकै सुरक्षित मानिन्छ । लिथियम आयोन सेलमा पनि दुई तरिकाको ब्याट्री प्रयोग भएको हुन्छ एलएफपी र लिथियम निकोल कोबल्ट म्याग्नेसियम अक्साइड (एनएमसी) ।

एनएमसी ब्याट्री सानो स्पेसमा पनि धेरै इनर्जी स्टोर गर्नसक्ने क्षमताको हुन्छ । त्यसैले यसखाले ब्याट्रीको साइज सानो हुन्छ । यसको तुलनामा एलएफपी ब्याट्री बढी सुरक्षित मानिन्छ तर यसले ठूलो ठाउँ लिन्छ । कुनै पनि जोखिम ननिम्तियोस् भनेर ठूलो स्पेस लिए पनि धेरैजसो गाडीमा एलएफपीको प्रयोग गरिन्छ ।

नेपालमा गाडीका ब्याट्री

नेपालमा आयात भएका विद्युतीय सवारीमा दुवै किसिमका ब्याट्री उपलब्ध छन् । तर धेरैजसो विद्युतीय गाडीले एलएफपी ब्याट्री प्रयोग गरिरहेका छन् । टाटाका विद्युतीय गाडीमा एलएफपी ब्याट्री प्रयोग भएको छ । गाडीमा यस्तो ब्याट्री गाडीको पिँध भागमा राखिएको हुन्छ । यसरी ब्याट्री राखिनुको कारण यसको तौलले पनि हो । ब्याट्रीको तौल धेरै बढी हुने भएकाले भेहिकलको डाइनामिक स्टेबिलिटी कायम राख्न गाडीको तलपट्टि फ्लोर मुनि राखिएको हुन्छ ।

सामान्य रुपमा ब्याट्रीलाई ५५ डिग्रीभन्दा माथिको तापक्रममा पुर्‍याउनु हुँदैन । ब्याट्रीको लाइफ साइकल बढाउन पनि तापक्रम सन्तुलन आवश्यक हुन्छ । ब्याट्रीमा केमिकल रियाक्सन भएर पावर जेनेरेट हुने गर्छ । त्यसैले रियाक्सनका क्रममा यो तात्नु स्वभाविक हो । यसका लागि चार्ज गर्दा सुरक्षित र स्वस्थ शैली हुनुपर्छ ।

ईभीमा ब्याट्रीसँगै ब्याट्री म्यानेजमेन्ट सिस्टम जडान गरिएको हुन्छ । ब्याट्रीमा तारहरु सर्ट भएको खण्डमा त्यसले लाइन कट गर्दिन्छ र सिस्टम बन्द गरेर अरु क्षति हुन दिँदैन । यस्तै सुरक्षाका लागि स्मोकिङ डिटेक्सन पनि यसमा रहेको हुन्छ । यसले प्यासेन्जरहरुलाई कुनै पनि जोखिम निम्तिन दिँदैन । ब्याट्रीमा इनग्रेस प्रोटेक्सन सिस्टम हुन्छ जसले पानी र धुलोबाट ब्याट्रीलाई बचाउँछ । यसखाले सुरक्षा सबै ईभीका ब्याट्री थर्ड पार्टाले प्रमाणित गरेको हुन्छ । टाटा मोटर्सले बनाउने ब्याट्री यसको इन हाउस टाटा कम्पोनेन्ट्सले उत्पादन गर्छ जुन पूर्ण रुपमा इन्डियन सरकार र एआरआईबाट सर्टिफाइड छ । गाडीमा ब्याट्रीका लागि कुलिङ सिस्टम हुन्छ । जसले स्वचालित रुपमा एउटै तापक्रममा राख्ने काम गर्छ ।

ब्याट्री सुरक्षा

सुरक्षाका हिसाबले ब्याट्रीलाई तातो हुन दिनु हुँदैन । त्यसैले गाडीमा ब्याट्रीका प्रत्येक सेलसम्म पुग्नेगरी कुलिङ सिस्टम जडान गरिएको हुन्छ । लिथियम आयोन सेलमा कुलिङ अनिवार्य नै हुनुपर्छ । सामान्य रुपमा ब्याट्रीलाई ५५ डिग्रीभन्दा माथिको तापक्रममा पुर्‍याउनु हुँदैन । ब्याट्रीको लाइफ साइकल बढाउन पनि तापक्रम सन्तुलन आवश्यक हुन्छ । ब्याट्रीमा केमिकल रियाक्सन भएर पावर जेनेरेट हुने गर्छ । त्यसैले रियाक्सनका क्रममा यो तात्नु स्वभाविक हो । यसका लागि चार्ज गर्दा सुरक्षित र स्वस्थ शैली हुनुपर्छ ।

गाडीमा प्रयोग गरिएका ब्याट्रीमा नियन्त्रित तापक्रममा राख्नेगरी संरचना हुन्छ । अहिलेका ईभीमा यति निकै सुधारिएको आधुनिक प्रणाली छन् । ब्याट्रीमा न्यूनतम र अधिकतम तापक्रमको मोनिटरिङ भइरहेको हुन्छ । त्यसैका आधारमा ब्याट्रीको तापक्रम हुनुपर्ने भन्दा माथि जान दिँदैन भने त्यसको लिमिट भन्दा तल झर्न पनि दिँदैन । तापक्रम कन्ट्रोल गर्न गाडीमा एसी सिस्टम राखेजस्तै ब्याट्रीलाई कुलिङ सिस्टममा राखिएको हुन्छ । यसले ब्याट्रीलाई स्वचालित रुपमा कुल गरेर एउटै तापक्रममा राख्ने काम गर्छ । यसखाले सुविधा पछिल्लो समय भित्रिएका सबै बिजुली गाडीको ब्याट्रीमा पाइन्छ ।

ब्याट्रीको सुरक्षाले नै बिजुली गाडीको आयु निर्धारण गर्छ । ईभीमा ब्याट्रीको सुरक्षा एकदमै सजिलो छ । यसमा दुई कुरामा मात्र ध्यान दिनुपर्छ । पहिलो चार्जिङको शैली र दोस्रो ड्राइभिङ व्यवहार । अहिले मानिसहरु मिथ्या सूचनाको चपेटामा छन् । सोसल मिडियामा धेरैखाले सूचना प्रवाह भइरहेका हुन्छन् । तीमध्ये कुन चाहिँ सही हो भन्ने पहिचान गर्न कठिन छ । ईभीका विषयमा पनि धेरैखाले भ्रमयुक्त सूचना फैलिरहेको पाइन्छ ।

रोचक त के भने यसरी गलत सूचना प्रवाह गर्ने व्यक्ति ईभी चलाउन अनुभव नभएका हुने गर्छन् । कतिपय ईभी प्रयोगकर्ता पनि तिनै सोसल मिडियामा गरिएका व्याख्याका भरमा गाडी हाँकिरहेका हुन्छन् । तीमध्ये एउटा उदाहरण ब्याट्री चार्जिङकै लिउँ । एकपटक चार्जरमा जोडेपछि १०० प्रतिशत नै पुर्‍याउनु पर्छ चाहे त्यो शून्य प्रतिशत बाट होस् वा प्रतिशत बाट नै किन नहोस् । आधिकारिक बिक्रेताका रुपमा भन्दा कुनै पनि लिथियम आयोन ब्याट्री १०० प्रतिशत चार्ज गर्दा ब्याट्रीको आयु राम्रो हुन्छ ।

टाटाको गाडी ब्याट्री चार्ज गर्दामात्र नभइ, सबै ईभी प्रयोगकर्ताले हल्लाभन्दा पनि यथार्थमा आधारित हुन आवश्यक छ । हामीले ईभीका प्रयोगकर्तालाई ब्याट्री निख्रिनेतिर पुगेपछि मात्र चार्ज गर्न सुझाव दिन्छौं ।  ।

जति ‘स्मुथ वे’ मा ड्राइभ गरिन्छ त्यसको पफर्मेन्स र ब्याट्री आयु पनि उत्तिकै लामो हुन्छ ।

ब्याट्री पूरा चार्ज गर्नका लागि यसभित्रको ब्याट्री म्यानेजमेन्ट सिस्टमलाई थप बुझ्न आवश्यक छ। ब्याट्री म्यानेजमेन्ट सिस्टमले लोअर एसओसी र हायर एसओसी तथा फुल चार्ज र डिस्चार्ज भएको लोअर अवस्थामा ब्याट्रीका सेलहरु क्यालिब्रेट गरेर हेर्ने गर्छ । कुन सेलमा अवस्था के छ, कुनमा चार्ज धेरै भयो, कुन सेलमा कसरी चार्ज भइरहेको छ भन्ने सबै अवस्था बुझ्ने र फुल चार्ज हुने बेलामा सबै सेलहरुलाई क्यालिब्रेट अर्थात् ब्यालेन्सिङ गर्ने काम गरिरहेको हुन्छ । पूरा समय चार्ज गरिएन भने यसरी क्यालिब्रेसन नहुनसक्छ र गाडीको पर्फर्मेन्स फरक पर्नसक्छ । हामीले ब्याट्री चार्ज गर्दा १०० प्रतिशतसम्म गरेनौं भने त्यसले सेलहरुलाई ब्यालेन्सिङ गर्ने काम गर्न सक्दैन (साधारणतय एलएफ पि ब्याट्री ९०–१०० प्रतिशतमा ब्यालेन्सिङ हुने गर्दछ )

यस्तै, फास्ट चार्जरमात्र निरन्तर प्रयोग गर्दा पनि ब्याट्रीको क्षमताअनुसार काम लिन सकिँदैन । फास्ट चार्ज गर्दा छिटो चार्ज त हुन्छ तर केही सेलहरु पूर्ण रुपमका चार्ज नभएका पनि हुन सक्छ । जसले गर्दा ब्याट्रीको सेलहरुमा पावर डिस्ब्यालेन्स हुन्छ । यस्तो हुँदा कम पावर भएको सेल सिस्टमबाट कट हुन जान्छ । यसखाले समस्या आयो भने ब्याट्री सर्भिस सेन्टर लगेर ब्याट्रीका सेलको पावर ब्यालेन्स गर्नुपर्ने हुन्छ । लगातार तीन ( चार पटक फास्ट चार्जर प्रयोग गरिएको छ भने एक पटक एसी चार्जरमा ब्याट्री चार्ज गर्दा सेलहरुमा पावर ब्यालेन्स हुन्छ । त्यसैले हामीले चढ्ने ईभीको क्षमता हाम्रो यसलाई प्रयोग गर्ने शैली र व्यवहारले पनि निर्धारण गरिरहेको हुन्छ ।

बिजुली गाडीमा ब्याट्री सबै भन्दा महँगो वस्तु हो । गाडी किन्दा परेको कुल लागतको ४० देखि ४५ प्रतिशत मूल्य त ब्याट्रीकै पर्छ ।

दोस्रो भनेको गाडीको ड्राइभिङ प्याटर्न र ह्याबिट हो । हामीले जथाभावी ड्राइभ नगर्न सुझाउँछौं । जति ‘स्मुथ वे’ मा ड्राइभ गरिन्छ त्यसको पफर्मेन्स र ब्याट्री आयु पनि उत्तिकै लामो हुन्छ । पेट्रोलियममा आधारित गाडीमा एक्सिलेरेटर धेरै थिचेर आरपीएम बढाउन सकिन्छ । तर, ईभीमा पावर अर्थात टर्क निश्चित हुन्छ । जस्तोसुकै अवस्थामा पनि समान क्षमता हुने भएकाले यसको पफर्मेन्समा अन्य गाडीमा जस्तो भेरियसन आउँदैन । गाडी स्टार्ट भएदेखि हायर लेभलसम्म टर्क पावर एकनास हुन्छ । त्यसैले आरामले गाडी चलाउने बानी बसाल्न हामी सुझाव दिन्छौं । यसका इन्डिकेसनहरु गाडीको क्लस्टरमा देखाइएको हुन्छ । त्यही अनुसार ग्राफ हेरेर त्यसलाई फ्लक्चुएट हुन नदिइ चलाउने हो भने ब्याट्रीको आयु वारेन्टी पिरियडभन्दा धेरै वर्ष परसम्म धकेलिन सक्छ ।

ब्याट्रीको आयु

बिजुली गाडीमा ब्याट्री सबै भन्दा महँगो वस्तु हो । गाडी किन्दा परेको कुल लागतको ४० देखि ४५ प्रतिशत मूल्य त ब्याट्रीकै पर्छ । अहिलेसम्मको अध्ययन र खोज हेर्दा जस्तोसुकै परिस्थितिमा चलाए पनि ब्याट्रीको आयु १२ वर्षसम्म रहने देखिएको छ । त्यसमा चार्जिङ बानी सुधार गर्दै गाडी चलाए १८ देखि २० वर्षसम्म ब्याट्री स्वस्थकर रहेनसक्छ ।

अहिलेलाई ब्याट्री महँगो वस्तु भएपनि निरन्तर भइरहेको नयाँ अनुसन्धानले लगातार मूल्य ओरालो लागिरहेको छ । पछिल्लो १० वर्षमा लिथियम आयोन ब्याट्रीको मूल्य ७५ प्रतिशतले घटेको पाउन सकिन्छ । साथै यसको उत्पादन हुनेक्रम पनि तीब्र गतिमा बढेको छ । यस हिसाबले अहिले गाडी किन्ने ग्राहकले दश वर्षपछि पूरै ब्याट्री फेर्नुपर्दा कम्तिमा पनि अहिलेभन्दा ३० देखि ५० प्रतिशत मूल्य कम पर्ने आकलन गर्न सकिन्छ ।

त्यसमाथि पुरै ब्याट्री पनि फेर्नु पर्दैन । ब्याट्रीको मोडुअलमात्र परिवर्तन गर्न सकिन्छ । जुन मोडुअल वा सेल काम गरेको छैन, त्यहीमात्र फेर्ने सुविधा भएकाले खर्च अत्यन्तै न्यून हुन जान्छ । सेल परिवर्तन गर्नुपर्ने अवस्था आउनुअघि नै टाटाले नेपालमा त्यसका लागि आवश्यक पूर्वाधार तयार पारिसकेको छ । नेपालमा ईभी बिक्री थाल्नुअघि नै ब्याट्री रिपेयरिङ युनिट तयार भइसकेकाले यसमा ईभी प्रयोगकर्ता निश्चिन्त हुन सक्छन् । अन्य ब्रान्डका ईभीले पनि टाटाले तयार पारेजस्तै गरेर ईभीका लागि इकोसिस्टम तयार पार्न आवश्यक छ । यसले ईभीप्रति ग्राहकलाई ढुक्क हुन सघाउँछ

चार्जिङ पूर्वाधारले ढुक्क

बिजुली गाडीको कुरा गर्ने बित्तिकै यसको रेन्ज र जार्जिङ पूर्वाधारका बारेमा कुरा उठ्छ । तर हामीले सरकारले भन्दा पनि पहिले यस्तो पूर्वाधारमा लगानी गरेका छौं । टाटाले नारायणगढ, चुम्लिङटार, मलेखु र धार्केमा ४ वटा फास्ट चार्जिङ राखेको छ । उकालोमा रेन्ज एन्जाइटको डर पालेर यात्रा गर्न नपरोस् भनेर नै यसखाले संरचना विस्तार गरिएको हो । मुलुकका अन्य भागमा पनि यसैगरी चार्जिङ स्टेसन विस्तार भएको छ । थपिनेक्रम पनि जारी छ ।

गाडीमा भएको एसी र हिटर दुवै ब्याट्रीबाट सञ्चालन हुने भएकाले हिटरले धेरै ब्याट्री खपत गर्छ । एसी चलाउँदा लगभग ४ प्रतिशत कम रेन्ज दिएको पाइयो भने हिटर चलाउँदा ८ प्रतिशतसम्म रेन्ज घटेको देखियो ।

पेट्रोलियम गाडीमा जस्तो ट्राफिक जाममा ईभीको चार्ज घट्ने हुँदैन । एक्सिलेरेटर दबाउँदा मात्र ईभीले ब्याट्रीको खपत गर्छ अन्यथा त्यसले ऊर्जा घटाउँदैन । रोकिएको गाडी मोसनमा आउँदा भने केही बढी ब्याट्रीको खपत हुन्छ । गाडीले १०० किलोमिटर ड्राइभ गर्न सकिन्छ भनेर दिएको प्रक्षेपण उकालो बाटोमा भने केही किलोमिटर कम हुन्छ भन्ने बुझ्न आवश्यक छ । बिजुली गाडी प्रयोगकर्तामा यस खालको कन्फिडेन्स आइसकेको देखिन्छ ।

गाडीमा भएको एसी र हिटर दुवै ब्याट्रीबाट सञ्चालन हुने भएकाले हिटरले धेरै ब्याट्री खपत गर्छ । एसी चलाउँदा लगभग ४ प्रतिशत कम रेन्ज दिएको पाइयो भने हिटर चलाउँदा ८ प्रतिशतसम्म रेन्ज घटेको देखियो । यी सबै तथ्यलाई केलाउने र नेपालमा ईभी चलाइरहेका हाम्रा ग्राहकलाई सोध्ने हो भने पनि टाटा वा अन्य कुनै ब्रान्डका ईभीका विषयमा छरिएका भ्रमहरु मिथ्या हुन् । तसर्थ, ईभीका ग्राहकहरु ढुक्क हुन जरुरी छ ।

(लेखक इन्जिनियर हुन् । उनी सिप्रदी ट्रेडिङ प्रालिको प्यासेन्जर भेहीकल विभाग प्रमुखको रुपमा कार्यरत छन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?