+
+

सुदूरपश्चिममा विकासको सम्भावना छ, तर बजेट छैन : मन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते २०:०४

२९ असोज, काठमाडौं । परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले सुदूरपश्चिममा विकासका पर्याप्त सम्भावना हुँदा पनि बजेटको अभाव रहेको बताएका छन् ।

सोमबार राजधानीमा सुदूरपश्चिम पत्रकार समाजद्वारा आयोजित दशैँ, तिहार, छठ तथा तथा नेपाल संवत्को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री साउदले बाहिरका एनजीओ र आईएनजीओली प्रचार गरेजस्तो सुदूरपश्चिममा विकृति मात्रै नभएर थुप्रै सम्भावना र अवसर समेत रहेको बताएका छन् ।

कुनै समय राजधानीसँग दूरीमा रहेको सुदूरपश्चिममा अहिले प्रयाप्त सम्भावना र अवसर रहेको उनको भनाइ छ । ‘कुनै समय सुदूरपश्चिम केन्द्रसँग सम्पर्क विच्छेद भएको अवस्थामा रहेको थियो, तर अहिले विकासको ढोका खुलेको छ’, उनले भने, ‘अहिलेको बजेट प्रणालीका कारण नयाँ ठाउँमा पूर्वाधारको विकास गर्न बजेटको अभाव छ । विकास निर्माणको प्रकृया अगाडि बढाउने कुरामा सबै मिलेर अगाडि बढ्नुपर्ने छ । बाहिर एनजीओ आईएनजीओले प्रचार गरेजस्तो विकृतिमात्र नभई थुप्रै सम्भावना र अवसर सुदूरपश्चिमले बोकेको छ ।’

उनले त्यस्ता कतिपय एनजीओ सुदूरपश्चिममा जानै नमान्ने भन्दै ६० प्रतिशत एनजीओ जति नियम बनाएपनि बागमतीको दायरभन्दा बाहिर जान नसकेको बताए ।
मन्त्री साउदले पत्रकारहरूले पनि सुदूरपश्चिमका सम्भावनालाई प्रखर रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

सुदूरपश्चिममा भएका विविध सम्भावनाहरुको प्रचार–प्रसार तथा विकासका लागि बजेटको अभाव भएको उनको भनाइ छ । ‘देशको कुनै पनि ठाउँ सुदूर हुनु हुँदैन, देशको कुनै पनि ठाउँ भुगोलका आधारमा सुदूर हुँदैन, अब यो दृष्टिकोण बदल्न आवश्यक छ,’ उनले भने।

उनले सुदूरपश्चिमको प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएर त्यहाँको विकासको विषयमा योजना बनाए पनि बजेटको कारणले योजना पुरा नहुने धारणा राखे । उनले बजेट जनसंख्याको अनुपातमा विनियोजन हुने भएको बताउँदै सुदूरपश्चिममा सोचेअनुरुपको बजेट विनियोजन नहुने गरेको धारणा राखे ।

यस्तै, उनले सरकारले उच्च प्राथमिकतामा राखेर सुदूरपश्चिममा भएको पर्यटन तथा सांस्कृतिक विविधताको प्रचार–प्रसार तथा विकास गर्नुपर्ने बताए। उनले जलविद्युत् र कृषिमा सुदूरपश्चिम ठूलो सम्भावनाको क्षेत्र भएको बताए ।

यस्तै, उनले पछिल्लो समय सुदूरपश्चिममा ठूला परियोजनाहरु निर्माणाधीन अवस्थामा रहेकोले त्यसले सिंगो सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने बताए ।

यस्तै, कार्यक्रममा प्रतिनिधि सभा सांसद रुपा चौधरीले सुदूरपश्चिम सामाजिक तथा सांस्कृतिक रुपमा धनी भएकोले त्यसको संरक्षणका लागि सबैले हातेमालो गर्नु पर्ने धारणा राखिन् । समाजका अध्यक्ष यम बमको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न अग्रज पत्रकारहरुले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?