+
+

स्टेफेन बिनोङ बुटवल लुम्बिनी एफसीमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १८:३६

१३ कात्तिक, काठमाडौं । बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिगको सिजन दुईका लागि क्यामरुनियन स्ट्राइकर स्टेफेन समिर बिनोङलाई आवद्ध गरेको छ ।

२६ वर्षका स्टेफेन बिनोङले नेपाल सुपर लिगमा अघिल्लो सिजन काठमाडौं रेजर्सबाट खेलेका थिए। जहाँ उनी पहिलो सिजनमै उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई उपाधी जिताउन सफल भएका थिए ।

बिनोङले यो सिजनको ए डिभिजन लिग एफसी खुमल्टारबाट खेलेका थिए । बिनोङले २०७९ सालको शहिद स्मारक ए डिभिजन लिगमा १० गोल गरेका थिए ।

क्यामरुनी बिनोङले यस सिजन भने बुटवल लुम्बिनीको जर्सी लगाउने छन् ।

एक सिजनको लागि भएको सम्झौतापछि बिनोङले आफूले बुटवल लुम्बिनीबाट शत प्रतिशत दिने पनि बताए ।

‘म यो नेपाल सुपर लिग सिजन २ को लागि निकै उत्साहित छु , यो सिजन बुटवल लुम्बिनीमा अवद्ध हुन पाउदा झनै धेरै, म यो क्लबको लागि शत प्रतिशत दिने छु ।’

बिनोङले शहिद स्मारक ए डिभिजन लिग २०७८ भने एनआरटीबाट खेलेका थिए । जहाँ उनले तीन गोल र तीन असिस्ट पनि दिएका थिए ।

यसैगरी पहिलो एनएसएल सिजनमा काठमान्डौँबाट खेल्दा उनले ३ गोल र दुई असिस्ट दिएका थिए । यस पटकको नेपाल सुपर लिग सिजन २ नोभेम्बर २४ बाट दशरथ रङशलामा हुँदै छ ।

बुटवल लुम्बिनीको पहिलो खेल २५ नोभेम्बरमा ललितपुर सिटी एफसी सङ रहेको छ । बुटवलले यसअघि पनि आइभरी कोस्टका लागि उमेर समूह खेलिसकेका गोलरक्षक क्वासी क्रिस्टियनलाई पनि अनुबन्धन गरिसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?