+

कलेजोमा किन समस्या आउँछ, प्रत्यारोपण गर्न कति लाग्छ खर्च ?

२०८० कात्तिक  १४ गते १२:१९ २०८० कात्तिक १४ गते १२:१९
Shares
कलेजोमा किन समस्या आउँछ, प्रत्यारोपण गर्न कति लाग्छ खर्च ?

कलेजोमा विभिन्न कारणले समस्या आउन सक्छ । यसमा अल्पकालीन र दीर्घकालीन दुवै पर्छ । आठ हप्ताभन्दा कम समयसम्म कुनै कारणवश कलेजोमा समस्या आएमा त्यसलाई अल्पकालीन मानिन्छ भने त्यसभन्दा माथि जटिल अवस्था आउने अवस्था दीर्घकालीन समस्या हो ।

जाँडरक्सीको कारणले कलेजो (अल्कोलिक सिरोसिस) बिग्रेको व्यक्तिलाई, लामो समयसम्म सक्रिय संक्रमण (हेपाटाइटिस बी र सी) भएको व्यक्तिलाई, जन्मजात कलेजो र वाइल डक्ट विकृति (विलरी अर्टिसीया) भएको व्यक्तिलाई र एक्युट लिभर (कलेजो) फेलियर भएको व्यक्तिको अर्थात् अचानक कुनै कारणले फेल भएको देखिएमा कलेजो प्रत्यारोपण गरिन्छ ।

कलेजो प्रत्यारोपण

कलेजो प्रत्यारोपणमा बिग्रेको कलेजोलाई हटाउन र सामान्य डोनर कलेजोसँग बदल्नका लागि शल्यक्रिया गर्नुपर्ने हुन्छ । जुन शल्यक्रिया पूरा हुन झण्डै कम्तीमा १० देखि १२ घण्टाको समय लाग्न सक्छ ।

प्रत्यारोपणका लागि जीवनसाथी वा नातागोताबाट कलेजो लिइन्छ । बिरामीको आफ्नै कलेजो प्रयोग गरिंदैन । डोनर पूर्ण स्वस्थ, उमेर १८ वर्षभन्दा माथि र ५५ वर्षभन्दा कम हुनुपर्छ । डोनर हेपाटाइटिस बी र सी नभएको, एचआईभी संक्रमण नभएको हुनुपर्छ । त्यस्तै अत्यधिक मादक पदार्थ, लागूपदार्थ सेवन नगर्ने र मानसिक रुपमा स्वस्थ व्यक्तिको मात्रै कलेजो प्रत्यारोपणका लागि लिइन्छ । यसैगरी परिवारको कुनै पनि सदस्य वा पूर्खामा क्यान्सर नभएको हुनुपर्छ ।

प्रत्यरोपणपछि बिरामी पूर्ण निको हुन कति समय लाग्छ ?

कलेजो प्रत्यारोपण गरेको १५–२० दिनमा बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ । डिस्चार्ज हुनु भनेकै ठीक हुनु हो । यतिबेला नै निको भएको मान्न सकिन्छ । तर पूर्ण रुपमा निको हुन कम्तीमा तीन महिना लाग्छ । बिरामीको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ । त्यसैले प्रत्यारोपण भइसकेपछि बिरामीलाई तीन-तीन महिनाको एकचोटि फलोअप परीक्षणका लागि गरिन्छ । केही समस्या छैन भने वर्षको एकचोटि परीक्षण गरिन्छ । प्रत्यारोपण गरेको बिरामी पूर्ण रुपमा निको भएर सामान्य जीवनयापन गरिरहेका धेरै छन् ।

कलेजो प्रत्यारोपण गरेका व्यक्तिले अपनाउनुपर्ने सावधानी

प्रत्यारोपण गरेको कम्तीमा तीन महिना वा घाउ निको नभएसम्म भारी चीज नउचाल्ने, जाँडरक्सी र धुम्रपानबाट टाढा बस्ने, चिकित्सकले दिएको औषधि सेवन गर्ने, भिडभाडमा नजाने, पचाउन सहज अर्थात् फाइबरयुक्त खानेकुरा बढी खाने र नियमित स्वास्थ्य जाँच गराउने गर्नुपर्छ ।

दोस्रो पटक पनि प्रत्यारोपण गर्नुपरेमा म्भव हुन्छ ?

एकचोटी कलेजो पत्यारोपण गरिसकेपछि फेरि बल्झिने सम्भावना एकदम कम हुन्छ । त्यस्तै कलेजो बिग्रिए पनि पुन: प्रत्यारोपण गर्न सकिन्छ ।

कलेजो प्रत्यारोपण गर्न सामान्यतया १५ देखि २० लाख रुपैयाँसम्म खर्च लाग्छ ।

कलेजो बिग्रिने कारण

नेपालमा धेरैजसो नियमित धेरै मात्रामा रक्सी सेवन गर्ने मानिसमा कलेजोको समस्या देखिन्छ । त्यस्तै जंकफुड, कोल्ड ड्रिंक, पोलेको, तारेको, भुटेको खानेकुरा अत्यधिक खाने मानिसमा कलेजो बिग्रिएको पाइन्छ ।

कलेजो खराब हुँदै गएको कसरी थाहा पाउने ?

सामान्यतया कलेजोमा समस्या आएको थाहा हुँदैन । कलेजो बिगार्ने कीटाणु बिस्तारै सक्रिय हुन्छन् । तर कलेजो खराब भइसकेपछि थकान हुने र खुट्टाको मासु सुन्निने जस्ता लक्षण देखिन्छन् । त्यस्तै कलेजोले कामै नगर्ने भएपछि जन्डिस बढ्ने, रगत बान्ता हुने, पेट सुन्निने र पेटमा पानीको मात्रा बढ्ने जस्ता समस्या आउँछन्, जुन दीर्घकालीन हेपाटाइटिसका लक्षण हुन् ।

अल्पकालीन हेपाटाइटिसमा भने केही दिन खानामा अरुचि हुने र पेटको माथिल्लो भागमा दुख्ने हुन्छ । यो दुई-तीन हप्तामा बिस्तारै सुधार हुँदै जान्छ । यसमा लक्षण चाँडो देखिन्छ र निको पनि चाँडो नै हुन्छ ।

कलेजो स्वस्थ राख्न के गर्ने ?

ताजा फलफूल, सागसब्जी धेरै खाने, नियमित व्यायाम गर्ने, मोटोपन नियन्त्रण गर्ने, बोसोयुक्त, तारेको, भुटेको, पोलेको खानेकुरा कम खाने, पर्याप्त पानी पिउने गरे कलेजो स्वस्थ राख्न सकिन्छ ।

(कलेजो प्रत्यारोपण सर्जन डा. सिंह ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

कलेजो प्रत्यारोण डा. एकानन्द सिंह स्वास्थ्य
डा. एकानन्द सिंह
लेखक
डा. एकानन्द सिंह
कलेजो प्रत्यारोपण सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११७ अध्ययन : एमबीबीएस, एमएस, पीएचडी (हेप्याटोबिलियरी सर्जरी), कलेजो प्रत्यारोपण सर्जरीमा फेलोसिप हाल काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’