+
+

कुपिज झापा एफसीमा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १८:०२

१४ कात्तिक, काठमाडौं । सर्बियन गोलरक्षक स्टेफन कुपिज दोस्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफसीमा अनुबन्धित भएका छन् ।

सर्बियाको यु–१७, यु–१९, यु–२१, यु–२३ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका कुपिजसँग सर्बियन सुपर लिगा, अर्मेनियन प्रिमियर लिगका साथै युरोपियन च्याम्पियन्स लिग क्वालपफायर र युरोपा लिग क्वालिफायर जस्ता चर्चित युरोपियन लिगमा खेलेको अनुभव छ ।

२९ बर्षका कुपिजको एशियन फुटबलमा पहिलो अनुभव हुनेछ । झापा एफसीसँग जोडिन पाउँदा निकै खुशी रहेको र आफूले यसलाई चुनौतीको रूपमा पनि लिएको उनले बताए ।

‘झापा एफसीसँग जोडिन पाउँदा निकै खुशी छु । मेरो लागि यो नयाँ चुनौती हुनेछ किनकी एशियाली फुटबलमा यो मेरो पहिलो यात्रा हो । अन्य युरोपियन खेलाडीहरू पनि आउने सुनेको छु, नेपाली फुटबलको लागि पनि यो बर्ष महत्वपूर्ण हनेछ । टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याएसम्म सबै कुरामा योगदान पुर्‍याउनेछु’, कुपिजले भने ।

झापा एफसीका महासचिव सुजन गौतमले कुपिजको आगमनले टिमलाई ऊर्जा दिने बताए । ‘युरोपियन फुटबलमा लामो समय खेलेर अनुभव बटुलिसकेका स्टेफनलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छौँ । उनको आगमनले टिममा छुट्टै उर्जा मिल्ने आशा लिएका छौं । उनको अनुभव टिमको लागि महत्वपूर्ण हनेछ’, गौतमले भने ।

झापा एफसीका अध्यक्ष अर्पणबिक्रम खड्काले अनुभवी फुटबलर नेपाल आउँदा त्यसले नेपाली फुटबलको उचाइ बढाउने बताए । ‘हामी नेपाली फुटबलको स्तर उकास्न हरसम्भव प्रयास गरिरहेका छौं । स्टेफनको आगमनले टिम बलियो भएको छ । उनी सँगै थुप्रै युरोपियन खेलाडी नेपाल आउन सक्नेछन्’, उनले भने ।

झापा एफसीले मुख्य प्रशिक्षकको रूपमा स्पेनिस ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरिसकेको छ । झापा एफसी. दोस्रो संस्करणको लागि थपिएको ३ नयाँ टोलीमध्ये एक हो ।
एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?