+

पटका पड्काएर रमाउनेहरू परपीडक मनोविज्ञानले ग्रस्त

२०८० कात्तिक  २४ गते १५:१५ २०८० कात्तिक २४ गते १५:१५
पटका पड्काएर रमाउनेहरू परपीडक मनोविज्ञानले ग्रस्त

 

पटका पड्काएर कोही किन रमाउँछन् ? यसको दुईवटा पाटो छ । एउटा उसको पारिवारिक संस्कार, दोस्रो उसको परपीडक मनोवृत्ति ।

तिहार आफैमा यस्तो चाड हो, जसमा पशुपक्षी र पर्यावरणसँग जोडिएर बाँच्न प्रेरित गर्छ । त्यही अनुसार हामी काग, गाई, गोरु, कुकुर आदिको पूजाआजा गर्छौँ ।

तर, तिहारको मर्म विपरित हामी पशुपंक्षी, प्रकृति आदिलाई असर गर्नेगरी विभिन्न गतिविधि गरिरहेका हुन्छौं । जस्तो कि, पटका पड्काउने बानी ।

तिहारमा जथाभावी पटका पड्काउने प्रवृत्ति व्यापक हुँदै गएको छ । आखिर पटका पड्काउँदा के हुन्छ ? न यो संस्कृति हो, न मनोरञ्जन ।

बरु यसले सर्वत्र असर गर्छ । प्राणीलाई, प्रकृतिलाई, पर्यावरणलाई । कतिपय घरमा सुत्केरी, बुढापाका, रोगी, साना बालबच्चा हुनसक्छन् । पटकाको चर्को ध्वनीले उनीहरुलाई असर गर्छ ।

कुनै सुत्केरी भर्खरै मात्र आफ्नो शिशुलाई बल्लतल्ल सुताएका हुनसक्छन् । कुनै बुढापाका निदाउने यत्न गरिरहेका हुनसक्छन् । कुनै श्रमिक दिनभरको थकित ज्यानलाई विश्राम दिने तरखरमा हुनसक्छन् । यतिबेला ड्याङड्याङ र डुङडुङ आवाज आउँदा सबैका अवस्था विथोलिन्छ ।

तर, हामी कतिसम्म असामाजिक र अमर्यादित छौं भने आफ्नो कारणले अरुलाई कति असर गर्छ भन्ने भेउ पाउँदैनौं । यसो हुनुमा मूलत दुईवटा कुरा जिम्मेवार छन् । एउटा हामी हुर्किएको संस्कार । अर्को हाम्रो मनोविज्ञान ।

जापानमा बालबच्चालाई हुर्काउने क्रममा एउटा कुरा प्राथमिकतासाथ सिकाइन्छ, ‘आफ्नो कारणले अरु कसैलाई हानि नहोस् ।’ त्यही कारण उनीहरु सकेसम्म अरुप्रति विनयी, विनम्र र उत्तरदायी जीवन बाँँच्ने यत्न गर्छ । यही सभ्यता नै उनीहरुको मूल सौन्दर्य र शक्ति हो । यसले उनीहरुलाई सरल जीवन बाँच्न सघाएको छ । साथै अरुप्रति उत्तरदायी बन्न पनि ।

तर, हामीकहाँ त्यस्तो हुँदैन । आफ्नो कारणले अरुलाई कति दुःख वा कष्ट हुन्छ भन्ने कुरामा हामीलाई न विद्यालयमा पढाइन्छ, न घरमा सिकाइन्छ ।

त्यससँगै हामीमध्ये धेरैको प्रवृत्ति कस्तो हुन्छ भने अरुलाई दुःख दिएर रमाउने । यो एक किसिमको मनोविकार नै हो ।

जस्तो पटका पड्काउँँदा अरु मान्छे रमाउँछन् ? अरुलाई रमाइलो लाग्छ ? अरुले त्यसबाट आनन्द लिन्छन् ? पक्कै लिदैनन् । अरुले त सास्ती भोग्छन् ।

अरुलाई दुःख दिएर, अरुलाई सास्ती दिएर रमाउने मनोविज्ञान भएकाहरु यसरी पटका पड्काएर आफुलाई आनन्दित बनाउन खोज्छन् । यो परपीडक प्रवृत्तिका मान्छेहरुले गर्छन् ।

यस्तो प्रवृत्तिका मान्छेहरु भत्किाएको, बिग्रिएको, मासिएको, ध्वस्त भएको कुरामा रमाउने हुन्छन् । अरु तर्सिदा, अत्तिदा, डराउँदा, दुःखी हुँदा आफुलाई रमाइलो मान्ने खालको हुन्छन् ।

पटका पड्काउँदा मान्छे मात्र होइन, पशुपंक्षीलाई सबैभन्दा बढी असर गर्छ । त्यो चर्को ध्वनी कुकुरलगायत काग, परेवा, भँगेरा लगायत पंक्षीहरुलाई अतंकित बनाउँछ । उनीहरुलाई शान्त र ढुक्क रहन दिदैन ।

पटाका पड्काएपछि धूवाँको माध्यमबाट वायुमण्डलमा पुगी हावामा मिसिने गर्छ । पछि हामीले लिएको श्वासबाट ती खतरनाक धातु मिश्रित रसायन शरीरमा प्रवेश भई फोक्सोसम्म पुग्ने गर्छ  र विभिन्न स्वास्थ्य समस्या निम्ताउँछ । कुनै पनि कुराले हाम्रो शारीरिक स्वास्थ्यलाई हानि गर्छ भने त्यसले कतै त कतै मानसिक स्वास्थ्यमा पनि असर गर्छ ।

कुनै व्यक्ति मानसिक समस्याबाट ग्रस्त छन् भने यस्ता आवाजले उनीहरूलाई अझ बढी समस्या हुन सक्छ ।  द्वन्द्व कालमा  पीडित भएको व्यक्तिलाई पटकाको ठुलो आवाज, त्यसको झिल्का र गन्धले विचलित बनाएर डर उत्पन्न हुने, निद्रा नलाग्ने जस्ता समस्या निम्तन सक्छ ।

त्यसैले यदि कसैले आफ्नो खुसीको लागि पटका पड्काउँछ भने वरपरको व्यक्तिलाई असर पो गरिरहेको छु की भन्ने कुरामा ध्यान दिनुपर्छ । कसैलाई पटका पड्काएर खुसी हुने अधिकार छ भने कसैलाई शान्त पूर्वक बस्न पाउने अधिकार पनि हुन्छ यो कुरा बिर्सनु हुँदैन ।

( कुराकानीमा आधारित)

पटका
लेखक
गृष्मा पनेरु, मनोविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

जन्मदर बढाउन चीनमा नयाँ नीति लागु, गर्भनिरोधकमा १३ प्रतिशत कर

जन्मदर बढाउन चीनमा नयाँ नीति लागु, गर्भनिरोधकमा १३ प्रतिशत कर

मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्चको फैसला छिट्टै कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्चको फैसला छिट्टै कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

नयाँ वर्ष २०२६ मा चिकित्सकहरूका संकल्प : गीत रेकर्ड गराउनेदेखि मदिरा त्याग्नेसम्म

नयाँ वर्ष २०२६ मा चिकित्सकहरूका संकल्प : गीत रेकर्ड गराउनेदेखि मदिरा त्याग्नेसम्म

कोलेस्टेरोल सामान्य हुँदा पनि हृदयघात किन हुन्छ ? जोखिम चिन्ने सरल उपाय

कोलेस्टेरोल सामान्य हुँदा पनि हृदयघात किन हुन्छ ? जोखिम चिन्ने सरल उपाय