+
+

नेपाल सुपर लिगको यस्तो छ खेलतालिका

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते २०:१०

७ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) शुक्रबार काठमाडौंमा सुरु हुँदैछ । नेपालको फ्रेन्चाइज फुटबल लिग एनएसएलमा यस पटक ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो संस्करणमा सहभागी ७ टोलीमध्ये यसपटक विराटनगर सिटी एफसी सहभागी छैन भने झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगञ्ज युनाइटेड थपिएका छन् ।

अन्य टोलीमा साविक विजेता काठमाडौं रेजर्स एफसी, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।

प्रतियोगिताको उद्घाटन खेल साविक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसीबीच हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

सिंगल राउण्ड रोविनमा हुने लिगमा लिगमा कुल ४० खेल हुनेछ । जसमा लिग चरणमा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । त्यसपछि प्लेअफमा चार खेल हुनेछ ।

जहाँ शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछन् र विजेता फाइनलमा पुग्नेछ । यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् र यसको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

एनएसएलमा ६ दिनसम्म दिनमा दुई-दुई खेल हुनेछ । जसमा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ र साँझको खेल साढे ५ बजे सुरु हुनेछ । दिउँसो जम्मा ६ खेल मात्र हुनेछ । बाँकी सबै खेल साँझमा हुनेछ ।

कोभिड-१९ महामारीका कारण पहिलो संस्करण विना दर्शक आयोजना भएको थियो । यस पटक दर्शकसहितको एनएसएल हुँदा आयोजक, सहभागी क्लब र खेलाडी सबै उत्साहित छन् ।

हेर्नुहोस् खेलतालिका

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?