+
+

सैनिक विशेष अदालतको अध्यक्षमा लेखनाथ पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते ११:४३

१३ मंसिर, काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ ।

सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरिएको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सैनिक विशेष अदालतको अध्यक्ष न्यायपरिषदको सिफारिसमा सरकारले तोक्ने व्यवस्था छ । सैनिक विशेष अदालतको सदस्यमा नेपाली सेनाको प्राड विवाक प्रमुख र रक्षा मन्त्रालयका सचिव हुन्छन् ।

आजकै मन्त्रिपरिषद बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरीता दवाडीलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र र नेपाल प्रहरीलाई खटाउने र राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते  गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?