+

पाचन प्रणाली बलियो बनाउन ध्यान दिनुपर्ने ६ कुरा

२०८० मंसिर  १९ गते १५:५२ २०८० मंसिर १९ गते १५:५२
पाचन प्रणाली बलियो बनाउन ध्यान दिनुपर्ने ६ कुरा

शरीरमा खाना राम्रोसँग नपचेमा विभिन्न स्वास्थ्य समस्या आउन सक्छन् । पेट खराब हुने, ग्यास भरिने, छातीमा जलन हुने, वाकवाकी लाग्ने, कब्जियत वा पखाला जस्ता समस्या पाचन प्रणालीमा खराबी आउँदा हुन्छन् ।

समयमा यसको उपचार गर्न नसके अल्सर, पायल्स जस्ता गम्भीर समस्या समेत ल्याउन सक्छ । त्यसैले शरीरलाई स्वस्थ र फूर्तिलो राख्न पाचन प्रणाली बलियो बनाउनु अत्यन्त जरुरी हुन्छ । किनकि पाचन प्रणालीले खानालाई पचाएर शरीरलाई शक्ति, ऊर्जा प्रदान गरेर शरीर चलायमान बनाउन मद्दत गर्छ ।

पाचन प्रणाली बलियो बनाउन के गर्ने ?

सुपाच्य खानपान

पाचन प्रणालीको समस्या मुख्यतया खानाकै कारणले हुन्छ । त्यसैले पाचन प्रणालीलाई बलियो बनाउन ताजा, सहजै पच्ने, मौसम अनुकूलको खानेकुरा खानुपर्छ । सागसब्जी, फलफूल, सलाद र पानीलाई आफ्नो नियमित खानामा समावेश गर्नुपर्छ । सकेसम्म फाइबरयुक्त खानेकुरा खानुपर्छ । माछामासुको सेवन कम गर्नु राम्रो हुन्छ ।

सन्तुलित खाना

शरीरले पचाउन सक्ने क्षमता भन्दा बढी खाना खाँदा पाचन प्रणालीमा गडबडी हुन्छ । त्यसैले शारीरिक बनावटअनुसार खानाको मात्रा लिनुपर्छ । आवश्यकभन्दा कम खाए शरीरमा ऊर्जा पुग्दैन भने बढी भए पचाउन गाह्रो हुन्छ ।

सन्तुलित खाना नपुगेमा शरीरमा दुब्लो हुने, कमजोर हुने, रोगप्रतिरोधात्मक क्षमता कम हुने समस्या हुन्छ । त्यस्तै धेरै खाएमा मोटोपन बढ्ने हुन्छ । मधुमेह, उच्च रक्तचाप, कलेजोमा बोसो जम्ने जस्ता रोग हुन सक्छ । त्यसैले शारीरिक कसरत हुने कामअनुसार खाना खानुपर्छ । जसले पाचनलाई चुस्त बनाइराख्न मद्दत गर्छ ।

स्वस्थपरक खाना

कुहिएको, बासी र सडेगलेको, फ्रिजमा धेरै दिनसम्म राखेको खानाको सेवनले शरीरमा संक्रमण हुने जोखिम बढी हुन्छ । त्यसैले यस्ता खानेकुराबाट टाढा रहने, फ्रिजमा राखेको खानेकुरा भन्दा ताजा खानेकुरा खानुपर्छ । ताजा, सुपाच्य, पोषिलो खानेकुराले शरीर बलियो, निरोगी र ऊर्जावान् हुन्छ । पाचन प्रणाली पनि चुस्त हुन्छ ।

शारीरिक व्यायाम

पाचन प्रणाली चुस्त बनाउनका लागि शारीरिक व्यायाम पनि जरुरी हुन्छ । पसिना निस्किने गरी व्यायाम गरेमा शरीर सुगठित हुनुका साथै पाचन प्रणाली पनि बलियो बनाउँछ । यसले शरीरमा भएको बोसोलाई पगाल्न मद्दत गर्छ । पेटभरि खाने तर निष्क्रिय बस्ने व्यक्तिको पाचन प्रणाली कमजोर हुन्छ ।

खराब खानपान

प्रशोधित खानेकुरा, मैदाजन्य खानेकुरा, चाउचाउ, चिप्सजस्ता जंकफुड, कोल्ड ड्रिंक, तारेको, भुटेको, मद्यपान, धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढा रहनुपर्छ । यस्ता खानेकुराको सेवनले प्रोबोयोटिक जीवाणु कमजोर भएर पाचन प्रणालीलाई कमजोर बनाउँछ ।

व्याक्टेरियाले हार्मोनको सन्तुलन कायम राख्ने, विषादी बाहिर निकाल्ने तथा भिटामिनलगायत अन्य हिलिङ तत्वको निर्माणमा सहयोग गर्छ । जसले गर्दा शरीरको पाचन प्रक्रिया चुस्त रहन्छ ।

रोगअनुसार खानेकुरा

मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरोल, मुटुरोग, सिरोसिस, मिर्गौलासम्बन्धी रोग छ भने त्यहीअनुसार चिकित्सकलाई जाँच गराएर खाना खानुपर्छ । रोगअनुसार केही समयको लागि खानेकुरा बार्नुपर्ने पनि हुन सक्छ । पोषण तत्वको कमी तथा उच्च क्यालोरीयुक्त आहारका कारण शरीरमा खराब व्याक्टेरियाको स्तर बढेर आन्द्रासम्बन्धी समस्या निम्तिन सक्छ ।

खानपान पाचन प्रणाली व्यायाम
प्रा. डा. युवराज शर्मा
लेखक
प्रा. डा. युवराज शर्मा
वरिष्ठ ग्याट्रोइन्ट्रोलोजिस्ट तथा हेपाटोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १८५४ अध्ययन : एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), एमडी (ग्याट्रोइन्ट्रोलोजी), फेलोसिप इन जीआई तथा लिभर इन्टरभेन्सन (जापान) हाल ललितपुरस्थित पाटन अस्पताल, सुमेरु सिटी अस्पताल र काठमाडौंस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मान्छे किन दु:खी हुन्छ ?

मान्छे किन दु:खी हुन्छ ?

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

किन हुन्छ बारम्बार गर्भपतन ?

किन हुन्छ बारम्बार गर्भपतन ?