+

स्तन क्यान्सरको शल्यक्रिया पछि कृत्रिम स्तन राख्न सकिन्छ ?

२०८० मंसिर  २२ गते १५:३० २०८० मंसिर २२ गते १५:३०
स्तन क्यान्सरको शल्यक्रिया पछि कृत्रिम स्तन राख्न सकिन्छ ?

महिलाहरूमा देखिने विभिन्न क्यान्सरहरू मध्ये स्तन क्यान्सर दोस्रो स्थानमा पर्दछ । स्तनको कोशिकाहरूमा हुने अनियन्त्रित विकास नै स्तन क्यान्सर हो । कोशिकाहरूमा हुने लगातार वृद्धिहरू एकत्रित भएर गाँठोको रूप लिन्छ, जसलाई क्यान्सर ट्युमर भनिन्छ ।

स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नु नै स्तन क्यान्सरलाई निर्मूल पार्ने अचुक अस्त्र हो । यो क्यान्सरलाई समयमै पहिचान गरी समयमा उपचार गरियो भने शत्–प्रतिशत निको हुन्छ । त्यसो भए स्तन क्यान्सरको उपचार कसरी हुन्छ ? कुन अवस्थामा शल्यक्रिया गर्नुपर्छ ? शल्यक्रियापछि कृत्रिम स्तन राख्न सकिन्छ वा सकिँदैन ?

स्तन क्यान्सरको उपचार

स्तन क्यान्सरको उपचारमा शल्यक्रिया, किमो थेरापी, किमो रेडियोथेरापी र हार्मोनल थेरापी गरिन्छ । यी सबै विधि सबैमा लागू हुन्छ भन्ने हुँदैन । क्यान्सरको चरण र क्यान्सरको अवस्था हेरेर कुन उपचार विधि गर्नुपर्छ भनेर निर्धारण गरिन्छ ।

कुन अवस्थामा शल्यक्रिया उपयोगी ?

पहिलो दोस्रो र तेस्रो स्टेजको क्यान्सर जुनमा स्तन र स्तन बाहेक काखीमा क्यान्सर फैलिएको छ भने शल्यक्रिया मार्फत उपचार गरिन्छ । तर, चौथो स्टेज जहाँ क्यान्सर स्तन र काखी बाहेक अन्त फैलिसकेको छ भने शल्यक्रिया उपयोगी हुँदैन ।

शल्यक्रियापछि पूर्ण निको हुन्छ ?

स्तन क्यान्सरका चार चरण छन्, जसमध्ये पहिलो र दोस्रो चरणमा छ भने निको हुन सक्छ । तर तेस्रो चरणमा जटिल र सम्भावना केही कम हुन्छ । चौथो चरणमा छ भने केही आयु बढाउन सकिन्छ तर पूर्णतया निको पार्न सकिँदैन ।

शल्यक्रियापछि कृत्रिम स्तन राख्न

पहिला स्तन क्यान्सर भएमा स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो ।  अहिले स्तन जोगाएर उपचार गर्ने प्रविधि पनि छ । जसलाई मेडिकल भाषामा ब्रेस कन्जरर्भिड सर्जरी भनिन्छ ।

यदि स्तनलाई जोगाएर शल्यक्रिया गर्न सकिएन भने त्यो ठाउँमा कृत्रिम स्तन राख्न पनि सकिन्छ । स्तन काटेर निकाले पनि अहिले शरीरको अन्य भागबाट तन्तु ल्याएर काटेको ठाउँमा राख्न सकिन्छ । साथै सिलिकनको  कृत्रिम स्तन इम्पाल्न्ट पनि गर्न सकिन्छ ।

यसका लागि कति खर्च लाग्छ ?

शरीरको अन्य भागबाट तन्तु ल्याएर कृत्रिम स्तन राख्न सामान्यतया ३ देखी ३ लाख रुपैयाँ खर्च लाग्न सक्छ । स्तनलाई बचाएर गरिने शल्यक्रिया गर्न भने करिब १ लाख रुपैयाँ खर्च लाग्छ ।

शल्यक्रिया पछि के के कुरामा ध्यान दिनुपर्छ ?

शल्यक्रिया मार्फत क्यान्सरको उपचार गर्दा काखीको गिर्खा पनि निकाल्ने हुँदा पाखुराहरू सुन्निन सक्छ । जसको लागि बिरामीले चिकित्सकको सल्लाहमा केही व्यायाम गर्नुपर्ने हुन्छ ।

शल्यक्रिया पछि बिरामीले पाखुरालाई बल पर्ने गरी धेरै भारी सामान उठाउनु हुँदैन र धेरै कसिलो लुगा पनि लगाउनु हुँदैन ।

कृत्रिम स्तन डा. बानिरा कार्की स्तन क्यान्सर
डा. बानीरा कार्की
लेखक
डा. बानीरा कार्की
कन्सल्टेन्ट ब्रेस्ट अन्कोप्लास्टिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७६२५ अध्ययन : एमबीबीएस, जनरल सर्जरीमा एमएस, ब्रेस्ट अन्कोप्लास्टिक सर्जरी र ल्याप्रोस्कोपिक सर्जरीमा फेलोसिप, ब्रेस्ट अन्कोप्लास्टिक सर्जरीमा जर्मनीबाट तालिम हाल काठमाडौंस्थित नर्भिक अस्पताल, नेपाल क्यान्सर अस्पताल, ललितपुरस्थित बीएण्डबी अस्पताल र एडभान्स ब्रेस्ट क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय