+

के हो कपाल झर्ने ‘एलोपेसिया एरियाटा’ रोग ?

२०८० मंसिर  २४ गते १५:२५ २०८० मंसिर २४ गते १५:२५
Shares
के हो कपाल झर्ने ‘एलोपेसिया एरियाटा’ रोग ?

सामान्यत कपाल झर्ने र उम्रिने क्रम भइरहन्छ । तर, कहिले काहीँ अस्वभाविक रुपमा कपाल झर्न थाल्छ । वा कपाल झरेर ठाउँ–ठाउँमा खाली भाग नै देखिन थाल्छ । यस्तो किन हुन्छ ?

खासमा यो एक समस्या हो, एलोपेसिया अरेटा ।

एलोपेसिया अरेटा हुँदा टाउकोको ठाउँ ठाउँमा खाली हुने गरी कपाल झर्छ । झट्ट हेर्दा गोलाकार रुपमा कपाल झरेको देखिन्छ । यसले टाउकोबाहेक अन्य ठाउँको कपाल एवं रौं पनि झर्न सक्छ । त्यस्तै नङमा समेत यसको असर देखिन सक्छ ।

किन यस्तो हुन्छ ?

सामान्यत हाम्रो शरीरको प्रतिरोधात्मक क्षमताले शरीरको बाह्य तत्वहरुको आक्रमणबाट बचाउँछ ।

तर, केही कारणवस प्रतिरोध रोग (अटोइम्युन डिजिज) लागेमा एलोसेपिया एरियाटा हुनसक्छ । प्रतिरोध रोगमा प्रतिरक्षा प्रणालीले शरीरभित्र भएको तत्व बाह्य जीवाणु ठानेर नाश गर्न थाल्छ । यस्तोमा कपालको जरालाइ पनि वाह्य शत्रु ठानेर मार्न सक्छ । जसकारण गोलाकार हुँदै कपाल झर्न थाल्छ ।

प्रतिरोध रोगमा टाइप- १ मधुमेह, हासिमोटो थायराईडाटिस, रत्तअल्पत्ता र दुबी पर्छन् । तर, यीे सबै समस्या भएकोलाइ एलोपेसिया  एरियाटा हुन्छ नै भन्ने हुँदैन । यो समस्यालाई एउटा संकेतको रुपमा पनि लिएर अन्य रोगको पहिचान गर्नुपर्ने हुनसक्छ ।

कसलाई यस्तो हुन्छ ?   

प्राय बालबालिका र वयस्कहरुमा यो समस्या देखिन सक्छ । सबैभन्दा बढी असर उचित ढंगले प्रतिरोध विकास भइनसकेको अवस्थामा देखिन सक्छ ।

कसरी थाहा हुन्छ ?

यसको लक्षणको भनेकै कपाल झर्ने हो । कपाल झर्न थालेपछि त्यस ठाउँमा सेतो दाग जस्तो चक्र बन्छ  । तर, यसमा दुख्ने र चिलाउने जस्ता लक्षण हुदैनन् ।

केहीमा यो समस्याले पुरै टाउको कपाल झार्न सक्छ । जसलाइ ‘एलोपेसिया टोटालिस’ भनिन्छ । केहीमा कपालको मात्र नभइ आँखीभौ, दाह्रीमा पनि चक्र जस्तो आकार बनेर रौं झर्न सक्छ ।

कतिपयमा शरीरको पुरै कपाल झर्ने समेत हुनसक्छ, जसलाई चिकित्सकिय भाषमा ‘एलोपेसिया युनिभर्सल’भन्ने गरिन्छ । साथै, नङमा परिवर्तन देखिनसक्छ । यद्यपि, सबैमा एउटै खालका लक्षण नदेखिन सक्छ ।

के छ त उपचार ?

एलोसेपिया एरियाटा भएकामध्ये ५० प्रतिशतको कपाल एक वर्षभित्र विना औषधि पुन पलाउन सक्छ । अर्थात थोरै मात्र कपाल झरेको छ र त्यसले आफ्नो व्यक्तित्वमा कुनै असर गरेको छैन भने उपचार गराइरहनु पर्दैन ।

तर, कपाल झर्ने क्रम तिब्र छ र धेरैतिर फैलिएको छ भने उपचार गराउनुपर्छ । तर, दशप्रतिशतमाभने पुरै टाउकोमा फैलिएर ‘एलोपेसिया टोटालिस’ हुनसक्छ । यस्तो अवस्थामा महल्म, खोप र झोल औषधि दिने गरिन्छ ।

‘एलोपेसिया एरियाटा’ पटक पटक आउने, निको हुने क्रमले पनि कतिपयलाई सताउन सक्छ । यस्तो अवस्थामा पनि औषधि उपचार जरुरी हुन्छ ।

यसको सबैभन्दा प्रभावकारी उपचार भनेको स्टोरोयोड नामको खोप लगाउनु हो । यसको क्रिम पनि हुन्ख्छ । यस्तो खोप एक एक महिनाको अन्तरालमा लगाइन्छ ।

‘एलोपेसिया एरियाटा कपाल झर्ने
डा. मोहन भुसाल
लेखक
डा. मोहन भुसाल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

डा. भुसाल काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् । उनी मिराकल स्किन एण्ड हेयर क्लिनिकका संस्थापक निर्देशक पनि हुन् । छाला तथा यौन रोगमा एमडी गरेका उनीसँग फेसियल एस्ठेटिक र कपाल प्रत्यारोपणको फेलोसिप छ । डा. भुसालको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १३०७१ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ