+
+

५ लाख घुससहित बाराका वडाध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते २०:३२

२ पुस, काठमाडौं । ५ लाख रुपैयाँ  घुससहित बाराका एक वडाअध्यक्ष पक्राउ परेका छन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-३का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ ।

घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि घिमिरेले बताए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिने घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?