+
+

२१ सय नाघ्यो सेयर बजार, होटल र उत्पादन क्षेत्रमा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १५:१३

३ पुस, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । साउन १५ यता पहिलो पटक बजारले २१ सय अंक नाघेको हो ।

अघिल्लो दिनको तुलनामा नेप्से ४५.९८ अंक बढेर २१०६ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो । कुल १८३ कम्पनीको मूल्य बढ्दा ५३ को घट्यो भने ७ को स्थिर रह्यो ।

यस दिन होटल तथा पर्यटन र उत्पादनमूलक क्षेत्रका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखियो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो भने उत्पादनमूलक क्षेत्रको सूचक ४.७ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ३.१, बैंकिङ २.४, विकास बैंक १.३, फाइनान्स ०.४२, जलविद्युत् ०.८१, माइक्रोफाइनान्स १.५६, निर्जीवन बीमा २.०, अन्य ०.९१ र ब्यापार समूह १.० प्रतिशत बढ्यो ।

यस दिन ११ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, बीपीडब्लू लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

माथिल्लो मैलुङखोलाको ४.९ तथा पिपुल्स पावरको मूल्य ३.१ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?